नवलपरासीमा नदी दोहन गर्ने १७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

अन‌ि यो पनि

नवलपरासी । पूर्वी नवलपरासीमा अवैध रुपमा नदीजन्य वस्तुको दोहान गर्ने १७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

विनयी त्रिवेणी गाउँपालिका २ स्थित विनयी खोलाबाट अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेको अवस्थामा विहीबार इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार ना ७ त ७७१, लु ४ त ३४१६, लु ४ त ५२५६, लु ४ त २२३८, लु ३ त ८५७६, लु ३ त ६३, लु ४ त १८५५, ना ६ त ९०५८, ना ६ त २५२५, लु ४ त २७२६, नम्बर मेटिएका ३ वटा, एउटा अनटेष्ट र ट्रली मात्रै भएका ३ वटा ट्रली गरी १७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

पछिल्लो सयम नवलपुरका खोला तथा नदीहरुमा नदीजन्य वस्तुको ठेक्का लाग्न नसकेका कारण नवलपुरमा नदी तथा नदीजन्य वस्तुको चोरी निकासी व्यापक बढेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

निषेधाज्ञा खुकुलो भएसँगै गाँजाको ओसारपसार बढ्यो

–अमृत चिमरिया हेटौँडा । मकवानपुर लागूऔषध गाँजा उत्पादनको हब मानिने जिल्ला हो । मकवानपुरको कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाका क्षेत्रमा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया