दीपशिखा सहकारीमा अवैध मल जफत

अन‌ि यो पनि

चितवन । चितवनको राप्ती नगरपालिका २ मा रहेको दीपशिखा सहकारीले रासायनिक मल कालोबजारी गरेको पाइएको छ । भारतीय अवैध मल र सरकारले उपलब्ध गराएको रासायनिक मल कालोबजारी गरी बिक्री गरेको पाइएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

भारतीय अवैध मल लुकाई छिपाई बढी मूल्य कायम गरी बेचेको गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत ईश्वर सिंखडासहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अवैध मल भेटिनुका साथै सरकारले अनुदानमा दिएको मल बढी मूल्यमा बिक्री गरेको पाइएको सहायक प्रजिअ शर्माले जानकारी दिए ।

सो क्रममा अपचलन गरेको २९६ बोरा मल जफतसमेत गरिएको छ । जफत मल सम्बन्धित स्थानीय तहले उचित मूल्य कायम गरी कृषकलाई बिक्री गरी प्राप्त रकम सरकारी राजस्व दाखिला गरी सो को रसिद जिल्ला प्रशासन कार्यालयमा लेखी पठाउन सो सहकारी संस्थालाई कारबाही गर्न निर्देशन दिइएको शर्माले बताए ।

मल अपचलन गरेको पाइए पछि सो सहकारिलाई रु १० हजार जरिवाना गर्ने बिहीबारै निर्णय समेत भएको छ । अनुदानको मल बढी मूल्यमा बिक्री गरेको पाइएपछि यसअघि रत्ननगर १ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारीसमेत कारबाहीमा परेको थियो ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया