चोरी गर्ने उद्देश्यले वृद्धाको हत्या !

अन‌ि यो पनि

भरतपुर । भरतपुर–९, शरदपुरकी ७५ वर्षीया महिला बाबाहजुर थापाको हत्या भएको मेडिकल रिपोर्टले देखाएको छ । ती वृद्ध महिलाको शरीरमा चोट र टाउकोमा रगतसमेत जमेको पोस्ट मार्टम रिपोर्टबाट देखिएको छ । समाचार स्रोतका अनुसार ती वृद्धाको स्वाभाविक निधन नभई हत्या नै भएको मेडिकल रिपोर्टले पुष्टि गरेको छ । तीन दिनअघि ती महिलाको भरतपुर अस्पतालमा पोस्ट मार्टम गरिएको थियो । वृद्धाको आफन्तले पनि हत्या नै भएको दाबी गरिरहेका छन् । बुढ्यौली उमेर भए पनि ती वृद्धा आफन्तकहाँ नियमितजसो आउजाउ गरिरहने वुझिएको छ ।

घटनाको पृष्ठभूमि


७५ वर्षीया ती महिला भरतपुर–९, शरदपुरस्थित सृजना बोर्डिडको आडैमा रहेको २ तले घरमा एक्लै बस्दै आएकी थिइन् । अघिल्लो दिनसम्म आफ्नो छोरीज्वाइँकहाँ आउजाउ गरिरहेकी महिला साउन ७ गते बिहानबाट सम्पर्कमा नआएपछि आफन्तले खोजी थालेका थिए । ‘फोन पनि नउठेपछि घरमा गई हेर्दा मृत अवस्थामा भेटिनुभयो’, मृतककी ज्वाइँ कृष्ण मल्ल ठकुरीले भने, ‘उहाँको शारीरिक अवस्था हेर्दा हत्या नै भएको परिवारको बुझाइ छ ।’ चोरी गर्ने उद्देश्यले उनको हत्या भएको र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा ल्याउनुपर्ने आफन्तजनको भनाइ छ ।

महिलाले लगाएको गरगहना नभएको, दराज फोडिएको अवस्थामा रहेको र महिला कोठाभित्र मृत अवस्थामा रहँदा बाहिरबाट ढोकाको चुकुल लगाएको अवस्थामा भेटिएको आफन्त ठकुरीले बताए । ‘घटनास्थललाई अध्ययन गर्दा गुन्डागर्दी वा चोरी गर्ने उद्देश्यले घटना भएको पाइन्छ’, उनले भने । चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरूडले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् ।

सूक्ष्म तरिकाले अनुसन्धान भएको भन्दै उनले अरु ठाउँमा भएका घटनासँग पनि जोडेर यस घटनाको अनुसन्धान अघि बढाइएको बताए ।
चितवन प्रहरीमा घटना भएको भोलिपल्ट आफन्तले जाहेरी दिएका छन् । तर, किटानी जाहेरी नभएको प्रहरीले जनाएको छ । भरतपुर वडा–९ का अध्यक्ष यमलाल कँडेलले घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले केही भन्न नसकिने बताए ।

त्यस्तै गत असोज ३ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नजिक रहेको नहरमा मृत फेला परेका क्यान्सर अस्पतालका हेल्पर सूर्य मिश्रको भने अझैसम्म पोष्ट मार्टम रिपोर्ट नआएको एसपी गुरूङले बताए । उनको पनि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

 

प्रतिकृया

मुख्य समाचार

विराट मेडिकल ट्रष्टले दियो स्थानीय तहलाई स्वास्थ्य सामग्री

–कुलप्रसाद काफ्ले भरतपुर । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि विराट नेपाल मेडिकल ट्रष्टले चितवनका स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया