ADVERTISEMENT
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गुणस्तरको आधारमा होटलहरुलाई रंगीन स्टीकर

by चितवन पोष्ट
२०७१ जेष्ठ ६, मंगलवार ०९:१५ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

गैँडाकोट । राजमार्ग आडका होटल राम्रो र नराम्रो भन्ने दुविधा हटाउन सरकारले त्यस्ता होटलको स्तर मूल्याङ्कन गरेर स्टीकर टाँस्न थालेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षअघि मेची महाकाली खाद्य स्वच्छता अभियान सुरू गरेको थियो ।
सो अभियान सुरू भएपछि हालसम्म छ वटा बजार क्षेत्रमा रहेका २५८ होटलको अनुगमन भएको छ । त्यसरी अनुगमन भएकामध्ये जसमा १५ वटा होटल मात्रै उत्तम ठहरिएका विभागका अधिकारीहरुले जानकारी गराए । मध्यामाञ्चल, मध्यपश्चि–माञ्चल र सुदूरपश्चिमाञ्चलको राजमार्ग आडका छ वटा बजार क्षेत्रमा अनुगमन सम्पन्न गरेको विभागले सोमबारदेखि पश्चिमाञ्चलको नवलपरासी गैंडाकोटबाट अनुगमन सुरू गरेको छ । यो पटक नवलपरासीकै दाउन्नेसम्म अनुगमन हुनेछ । अनुगमन पश्चात् विभागको टोलीले होटलमा हरियो, पहेलो र रातो स्टीकर टाँस्ने गर्छ ।
उत्तम स्तरको होटललाई हरियो, मध्यम स्तरको होटललाई एउटा रातो घर्सो भएको पहेलो र न्युन स्तर भएको होटललाई दुई वटा रातो घर्सो भएको पहेलो रंगको स्टीकर दिने विभागका महानिर्देशक जीवनप्रभा लामाले जानकारी दिइन् । त्यस्तै खराब अवस्थाको होटललाई रातो रंगको स्टीकर टाँसेर बन्द गर्न निर्देशन दिइन्छ ।
होटल तथा रेष्टुरेन्टको यसरी स्तर निर्धारण गर्नुभन्दा अघि सो क्षेत्रमा होटल व्यवसायीहरुको संलग्नतामा खाद्य स्वच्छतर स्वयम्सेवक समूह गठन गरिने महानिर्देशक लामाले बताइन् । सो स्वयम्सेवक समूहले होटलले अपनाउनुपर्ने मापदण्डका सम्बन्धमा प्रचारप्रसार गर्छ । त्यसपछि विभागको केन्द्रीय टोली आएर अनुगमन पश्चात् स्टीकर प्रदान गर्छ ।
विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले दिएको जानकारी अनुसार हालसम्म चितवनको रामनगर र मुग्लिन, धादिङको मलेखु, धनुसाको ढल्केबर, बर्दियाको कोहलपुर र कैलालीको चिसापानीमा रहेका होटलहरुको अनुगमन सम्पन्न गरेको छ । खाना र नास्ता खान धेरै यात्रु बसहरु रोकिने क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेको सुवेदीले बताए ।
‘सर्रर बस रोकिएर हुरर्र खाना खाएपछि यात्रुहरु कोही कता कोही कता पुग्छन् भनेर खानाको गुणस्तरमा ध्यान नदिने परिपाटी हुन्छ । त्यसैले हामीले यात्रुलाई खाना नास्ता खुवाउने होटल रेष्टुरेन्टमा ध्यान केन्द्रित गरेका हौं’, खाद्य अधिकृत सुवेदीले भने । होटलको खानाका कारण रोग लागे एक ठाउँको रोग देशभर फैलने खतरा रहने उनले बताए ।
होटलहरुमा ग्राहकले देख्ने ठाउँमा स्टीकर टाँस्ने गरिन्छ । स्टीकर देखेपछि ग्राहकले कुन होटल कस्तो स्तरको हो भने मेसो पाउने सुवेदीले बताए । होटलको स्तर र स्टीकरका बारेमा यात्रुहरुलाई जानकारी दिन विाभागले चाडै नै लामो दूरीका यात्रु बसहरुमा पनि सूचना टाँस्ने व्यवस्था गर्न लागेको छ ।
स्टीकर टाँसेपछि होटलको अनुगमन स्वयम्सेवक समूहले नै गर्नेछ । त्यस्तै जिल्लाका सरकारी अधिकारी खाद्य निरीक्षकले छ महिनामा एक पटक निरीक्षण गर्नेछन् । निरीक्षणमा होटलको मापदण्ड खस्केको या सुर्धेको हेरेर स्टीकरको रंगको सम्बन्धमा पुनर्विचार हुने गर्छ ।
‘स्टीकर टाँसेपछि भएको अनुगमनमा हरियो टाँसेको ठाउँमा स्तर खस्केर पहेलो रंगको स्टीकर टाँस्नु पर्ने अवस्था भने आएको छैन । पहेलो स्टीकर पाएका पाँचवटा होटेलहरुले स्तर सुधार गरेर हरियो स्टीकर भने पाएका छन्’ विभागका महानिर्देशक लामाले भनिन् । राजमार्गमा अनुगमन सकेपछि बजारका फाष्टफुड सेन्टरहरुमा अनुगमन गर्ने उनले बताइन् ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता
राजनीति

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं सरकारका वरिष्ठ मन्त्रीहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा...

Read more
खैरहनी नगरपालिकाको ६ महिनामा ६ करोड राजस्व संकलन

खैरहनी नगरपालिकाको ६ महिनामा ६ करोड राजस्व संकलन

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

रत्ननगरमा बालविवाहविरुद्ध प्रतिबद्धता

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In