नारायणगढमा सुपथ मूल्यको पसल : नुन प्रतिकेजी १८, चिनी प्रतिकेजी ७०

अन‌ि यो पनि

नारायणगढ । सरकारले पर्वलक्षित सुपथ मूल्यको पसल आजदेखि सुरु गरेको छ। दसैँ, तिहार, छठ, ल्होसारलगायतका पर्वको लागि साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थान र खाद्य संस्थानमार्फत सरकारले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो।

चितवनको नारायणगढमा पनि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आजदेखि नै सुपथ मूल्यको पसल सञ्चालन गरेको छ। उक्त पसलमा नुन, चिनी, चामल, घ्यु, पनिर, तेल, दाल, मसला, चिया, चिउरालगायतका खाद्यान्न सामग्री बिक्रीमा राखिनेछन्।

कर्पोरेशनका प्रमुख बुद्धिविनोद दाहालका अनुसार यसवर्षको पर्व लक्षित सुपथ मूल्यको पसलमा बजार मूल्यभन्दा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइएको छ। साल्ट ट्रेडिङले सबैभन्दा धेरै नुन र चिनी बिक्री गर्दै आएको छ। यसवर्षको सुपथ मूल्यको पसलबाट नुन प्रतिकेजी १८ र चिनी प्रतिकेजी ७० रूपैयाँका दरले बिक्री हुने दाहालले बताए।

नुन र चिनी बढीमा एकजनाले चार किलोसम्म खरिद गर्न पाउने प्रावधान मिलाइएको छ। दाल, चामल, फापर, तिते फापर र सेतो केराउमा प्रतिकेजी ५ रूपैयाँ छुट हुने छ। सहुलियत दरको पसल मंसिर ८ गतेसम्म खुल्ने छ।

यसवर्ष कोरोना कहरका कारण हाललाई कर्पोरेसनको नारायणढस्थित डिपोबाट मात्रै बिक्री वितरण हुने उनले बताए। विगतका वर्षहरुमा विभिन्न स्थानमा पुगेर घुम्ती सेवासमेत सञ्चालन गरेको थियो। डिपोबाट पनि भौतिक दुरी कायम गर्नुका साथै स्वास्थ्य सुरक्षाका उपाय अपनाएरमात्रै बिक्री वितरण गरिने हुँदा उपभोक्ताहरुले सामान लिन आउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्रै आउन उनले आग्रह गरे।

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया