खैरहनी ६ र ७ को वडा कार्यालय बन्द

अन‌ि यो पनि

खैरहनी । खैरहनी नगरपालिका वडा नम्बर ६ र ७ को वडा कार्यालय दुई दिनका लागि बन्द गरिएको छ । वडा नम्बर ६ का अध्यक्ष रामशरण पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको हो ।

खैरहनी ६ र ७ को वडा कार्यालय एउटै भवनमा छ । खैरहनी नगरपालिका प्रवक्तासमेत रहेका ६ का वडाध्यक्ष पाण्डेलाई बुधबार कोरोना पुष्टि भएको थियो ।

नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै आज र भोलिका लागि दुईवटै वडा कार्यालय बन्द गरिएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माद्वारा हस्ताक्षरित सूचनामा दुई दिनका लागि वडाबाट प्रदान हुने सेवा बन्द भएको र यसबाट सेवाग्राहीमा पर्ने असुविधाप्रति क्षमा मागिएको उल्लेख छ । खैरहनीमा यसअघि दुई जना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया