सम्बन्धमा खोजेको खुसी

अन‌ि यो पनि

हिजोआज उनको दिनचर्या फेरिएको छ । ‘कोभिड–१९ का कारण घर बस्दाबस्दै दिक्क लाग्यो’ दिदीले भनेकी थिइन् । ‘सधै“ समय र परिस्थितिस“ग सम्झौता नगरी जीवनलाई सहज बनाउन सकि“दो रहेनछ’ दिदी, उनी थप्दै थिइन् । ‘कुनै पनि सम्बन्धलाई खुसी बनाउन र दुःखी हुन ठूलाठूला कुराहरु नचाहि“दो रहेछ । दिदी, साना–साना कुराहरुबाट पनि सम्बन्धमा दरार आउने गर्छ । आखिर सम्बन्धलाई प्रगाढ, प्रेममय बनाएर राख्न दुवै पक्षले उत्तिकै ध्यान दिन जरूरी छ ।’ अर्की बहिनीले थप्दै थिइन् ।
‘दिदी, यो लकडाउनको समयमा घरमैं बस्यो, मोबाइलमा कोकोले हाई, हेल्लो भन्छन् अनि आपूmले छानेर यो त राम्रै होला भनेर जवाफ फर्कायो । अचम्म, अनेकौ“ खालका कुरा गर्न खोज्छन् । समय र प्रविधिको विकासले गर्दा धेरै छुटिएका सम्बन्ध जोडिएका पनि छन् । कोही जोडिएका सम्बन्ध छुट्टिएका पनि छन् दिदी’ पल्लो घरकी अर्की बहिनी भन्दै थिइन् ।
‘आज एक जना व्यक्तिको सन्देश (म्यासेज) आयो । मैले पनि ‘नमस्कार’ भनेर फर्काए“ । कुरा हु“दै गयो, लेख्दालेख्दै ऊ निकै नजिक भएको जसरी लेख्न थाल्यो । घर सोध्यो, मैले सोझै भएर उत्तर पठाए“ । ऊ त ‘भोलि भोलि भेटौ“ न है’ भन्छ बा । ‘तिम्रो घरतिर आउ“छु भन्छ’ मलाई त डर लाग्यो अन्टी’ अस्ति माथिल्लो घरकी एउटी छोरीले सुनाइन् ।
यस्ता घटना तथा समस्याहरु हिजोआज दिन प्रतिदिन बढिरहेका छन् । कसैले व्यक्त गर्न सक्छन् त कसैले सक्दैनन्, यतिमात्र फरक कुरा हो । हामीले भेटेका, देखेका र सङ्गत गरेका सबै मान्छे एउटै र उस्तै हु“दैनन् । सबैलाई एउटै नजरले देख्न र बुझ्न पनि हुन्न । कति मानिसहरु असल भेटिन सक्छन् र जीवनको मोड सकारात्मक पक्षतिर लम्किन सक्छ, कति मानिसहरु खराब भेटिन्छन्, ताकि जीवनले नसोचेको मोड लिनसक्छ ।
हामीहरु सधै“ एउटा उल्झनमा फसेका हुन्छौ“ कि मलाई अरु कसैले खुसी दिन्छ भनेर तर आपूmस“ग जे छ, जो छ त्यसमा रमाउन सकिरहेका हु“दैनौ“ । हरेक व्यक्तिमा एउटा अधुरो भाव पैदा भएको हुन्छ । यस्ता भावनाहरु पैदा हुनाले व्यक्ति अर्को साथ खोजेर पूर्ण बन्ने चाहना राख्छन् । धेरैजसो मानिसहरु आपूmलाई पूर्ण बनाउन र दिन एउटा भरपर्दो नाता (सम्बन्ध) जोड्न खोज्छन् । जबसम्म उसले आफ्नो भावना मिल्ने, भावना बुझ्ने सहयात्री भेट्दैन तबसम्म आपूmलाई अपूर्ण महसुस गर्दछ ।
हामीले जीवनमा धरैभन्दा धेरै इच्छाहरु राखेका हुन्छौ“ । केही इच्छाहरु पूर्ण हुन्छन् भने कति इच्छाहरुले पूर्णता नपाउन पनि सक्छन् । इच्छाले मानिसलाई प्रगतिमात्रै होइन दुःखी र त्रूmर पनि बनाउ“छ । कुनै पनि व्यक्तिलाई सबै कुरामा निपूर्ण बन्न गाह्रो हुन्छ । केही न केही कुराको अभावलाई अवश्य नै स्वीकार्न सक्नुपर्दछ । हरेक व्यक्ति कुनै न कुनै सम्बन्धबिना खुसी बन्न सक्दैन । उसले आफ्नो खुसी अरु कसैस“ग जोडेर देखेको हुन्छ । अरुले मलाई खुसी बनाओस् भन्ने चाहना हामीभित्र रहेको हुन्छ । तर, स्वयम्ले त्यो कुरा बिर्सेको हुन्छ, मैले पनि उसका हर कुरा मानेर उसलाई खुसी बनाउनुपर्छ भनेर ।
हरेक सम्बन्ध जोड्दा र निभाउ“दा (बनाउ“दा) सुरूका दिनमा हामी एउटा भ्रमलाई सा“चो हो भनी स्वीकारेका हुन्छौ“ । हाम्रा सबै इच्छाहरु, चाहनाहरु मिल्छन्, हामी सधै“ खुसी बन्न सक्छौ“ भन्ने कुराको । तर, समय बित्दै जा“दा यथार्थमा जीवन जिउ“दै गर्दा इच्छाहरु फरक पर्दै जान्छन् । हुन पनि प्रकृतिको नियम, समय र परिस्थितिको मागअनुसार व्यक्तिमा इच्छा, चाहनाहरु बदलि“दै जानु स्वाभाविक प्रक्रिया पनि हो ।
हामीले सोच्नुपर्ने र आफैँलाई सोध्नुपर्ने थियो । किन हामी सम्बन्धबिना खुसी बन्न सक्दैनौ“ ? आपूmभित्र भएको खुसीलाई आफैँ बाहिर निकाल्न नसकेर किन अर्काको सहारा खोजेका हुन्छौ“ ? यदि यी दुवै प्रश्नको जवाफ तपाईं र मभित्र छ भने कुनै पनि सम्बन्ध बनाउ“दा खुसी बन्न पर्दैन र सम्बन्ध नहु“दा आत्तिन पर्दैन । यी सबै कुरा र सम्बन्धलाई सहज लिन सकियो भने जीवनमा अर्काले दिने खुसी ढुकेर बस्न पर्दैन ।
व्यक्ति स्वयम्ले आफैँभित्र पूर्णताको महसुस गर्न सिक्यो भने उसले जीवनको पूर्ण गहिराइ खोज्न र त्यसैमा रमाउन सक्छ । आफैँभित्रको खुसी र आनन्दमा रमाउन सक्छ । यदि हरेक व्यक्ति प्रकृतिले जन्मँदै दिएको उपहारस्वरुप प्रेम, खुसी, शान्ति र आनन्दजस्ता चीजहरुलाई बुझ्न र चिन्न सक्यो भने व्यक्तिको स्वभाव नै खुसी भइरहन सक्छ । ऊ केवल आपूmभित्रमात्रै खुसी हुँदैन, अरुलाई पनि खुसी बाँड्न सक्छ । उसको खुसी अरुलाई बाँड्नका लागि हुन्छ । खुसी व्यक्त गर्नका लागि सम्बन्धहरु बन्छन् न कि खुसी खोज्नका लागि ।
प्रत्येक व्यक्तिले आपूmभित्रको खुसी र प्रेम बाँड्नका लागि जीवन जिउन सकेमा सबै सम्बन्धहरु प्रगाढ र प्रेममय लाग्ने गर्दछन् । जब सबै सम्बन्धहरु प्रगाढ र प्रेममय बन्दछ तब सम्पूर्ण जगत् नै प्रेममय हुने र जीवन आनन्दमय बन्दछ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया