सोचेभन्दा राम्रो आन्तरिक उडान तर छैनन् विदेशी पाहुना

अन‌ि यो पनि

भरतपुर । झन्डै ६ महिना थन्किएको आन्तरिक उडानका जहाजले पुनः धमाधम उडान भर्न थालेका छन् । भदौ १ गतेबाट आन्तरिक र बाह्य उडानहरु सुरू भएका हुन् । भरतपुर–काठमाडौँ र काठमाडौँ–भरतपुर दुवैतर्फका उडान उत्साहजनक रहेको हवाई सेवा प्रदायकहरुले बताएका छन् । आन्तरिक उडानले बिस्तारै गति लिन थालेको सेवा प्रदायकहरुको भनाइ छ । हाल बुद्ध र यतीले २÷२ उडान भर्दै आएका छन् ।
बुद्ध एयरका भरतपुर स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले भने, ‘यात्रुको चाप बढेपछि बुधबारबाट एउटा उडान थपिँदैछ ।’ हाल बुद्धले २ वटा उडान भरेको छ । यात्रुको चाप बढेसँगै अक्टोबर पहिलो तारिखबाट उडान थप गर्न लागिएको म्यानेजर बस्नेतले बताए । ‘जहाजमा यात्रु संख्या भरिभराउ नै छ’, बस्नेतले भने, ‘कोभिडसम्बन्धी सबै सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेका छौँ ।’ ‘पुरानै अवस्थामा फर्कन केही महिना लाग्न सक्छ, तर अहिले देखिएको यात्रुको चापले छिटै पुरानै अवस्थामा पुग्न सकिन्छ भन्ने विश्वास छ’, उनले भने ।
यती एयर भरतपुरका स्टेसन इन्चार्ज अनुप ढकालले भरतपुरबाट काठमाडौँको तुलनामा काठमाडौँबाट भरतपुरतर्फ आउने यात्रु संख्या केही कम रहेको बताए । हाल यतीले पनि २ उडान भरिरहेको छ । जहाजमा ३० सिट क्षमता भए पनि स्वास्थ्य सुरक्षा मापदण्डका हिसाबले २० देखि २५ जनामात्रै उडाउने गरेको ढकालले जानकारी दिए ।
‘कोरोनासम्बन्धी सबै सुरक्षा मापदण्ड पूरा गरेर सेवा दिइरहेका छौँ’, ढकालले भने, ‘यात्रुहरुले पनि सुरक्षाको महसुस गरेका छन् ।’ ६ महिनासम्म जहाज नउड्दा पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको थियो ।
यात्रुहरु नेपालीमात्रै
यात्रुहरु भने सबै आन्तरिक वा नेपालीमात्रै रहेको यती एयरलाइन्सका अनुप ढकालले बताए । ‘अहिलेसम्म बाहिरी देशका यात्रु छैनन्’, उनले भने । अन्तर्राष्ट्रिय उडानसमेत सुरू भइसकेको छ । तर, विदेशी पाहुनाहरु भने आएका छैनन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सुरू भएसँगै अब पर्यटन क्षेत्र पनि बिस्तारै सुधार हुनेमा पर्यटन व्यवसायीहरु आशावादी छन् । पर्यटकलक्षित गरी सुरू गरिएको भरतपुर–पोखरा उडान भने अहिले सञ्चालनमा नआउने बुद्ध एयरका स्टेसन म्यानेजर बस्नेतले बताए । यसअघि सामान्य अवस्थामा दिनमा १३ वटासम्म उडान भएको थियो । बुद्ध, यती र सिम्रिकले उडान भरेका थिए । यात्रुको चाप बढेसँगै आन्तरिक उडानको क्षेत्र विस्तार भई पोखरासमेत जोडिएको थियो ।

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...