चितवनमा साउनयता ३१ जनामा डेङ्गु र १३९ जनामा स्क्रब टाइफस

अन‌ि यो पनि

भरतपुर । चितवनमा आर्थिक वर्ष ०७७/७८ को साउनयता ३१ जनामा डेङ्गु र १३९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साढे दुई महिनाकै अवधिमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराएका नौ महिला र २२ पुरूष गरी ३१ जनामा डेङ्गु र ८६ महिला र ५३ जना पुरूष गरी १३९ जनामा स्क्रब टाइफस पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भरतपुर अस्पतालमा उपचार गराएका २७ जनामा डेङ्गु र ६८ जनामा स्क्रब टाइफस देखिएको छ । चितवन मेडिकल कलेज (सिएमसी)मा उपचार गराएका दुई जनामा डेङ्गु र ६२ जनामा स्क्रब टाइफस, पुरानो मेडिकल कलेजमा उपचार गराएका ६ जना तथा मनकामना र नारायणी सामुदायिकमा उपचार गराएका एक÷एक जनामा स्क्रब टाइफस भेटिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख डा. दीपक तिवारीले बताए ।

त्यस्तै, नेसनल सिटी हस्पिटलमा उपचार गराएका दुई जनामा डेङ्गु र एक जनामा स्क्रब टाइफस पुष्टि भएको उनले बताए । डेङ्गु र स्क्रब टाइफसबाट जिल्लामा हालसम्म कसैको मृत्यु भने नभएको उनले जानकारी दिए । भाँडाकुँडा, टायर, गमलालगायतमा जम्मा भएको पानीमा डेङ्गुको जोखिम रहेको उनी बताउँछन् । बर्सादको समयमा डेङ्गु र स्क्रब टाइफसको जोखिम बढ्ने गर्छ ।

‘भाँडाकुँडा, टायर, गमलालगायतमा जमेको पानीमा डेङ्गुको जोखिम छ’, उनले भने, ‘सचेतनाका लागि एफएमहरुबाट दुई हप्तादेखि सूचना जारी पनि गरेका छौँ । डेङ्गुबाट बच्न घरवरपर सरसफाइ गर्नुप¥यो र पानी जम्न दिन भएन ।’ कार्तिकको दोस्रो हप्तादेखि डेङ्गुको सङ्क्रमण कम हुने भएकाले अबको समयमा विशेष सचेतना अपनाउनुपर्ने उनले बताए । डेङ्गु सङ्क्रमितको संख्या बढ्दै गए पनि जिल्लामा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान भने सुरू गरिएको छैन ।

गत आव ०७६/७७ मा स्क्रब टाइफस र डेङ्गु दुवैको सङ्क्रमणबाट भरतपुरका एक जनाको मृत्यु भएको थियो भने डेङ्गुको मात्रै सङ्क्रमणका कारण नवलपरासीका एक जनामा मृत्यु भएको थियो । स्क्रब टाइफसका कारण रौतहटका एक जना बिरामीको चितवनमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । गत आवमा चितवनका दुई हजार ७९२ जनामा डेङ्गु र १४० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो ।

डेङ्गु लाग्नुको कारण र बच्ने उपाय

डेङ्गु रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । अत्यधिक ज्वरो आउने, जीउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्ने आदि यस रोगका लक्षणहरु हुन् । डेङ्गुबाट बच्ने उत्तम उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । डेङ्गु लागिसकेपछि प्रशस्त मात्रामा पौष्टिक त¤व पाइने र झोलिलो खानेकुारा खानुपर्छ ।

घरवरपर सफा राख्ने, खाल्डो, भाँडाकुँडा, टायरलगायतमा पानी जम्न नदिने, सुत्ने बेलामा झूल वा धूपको प्रयोग गर्ने र शरीर ढाकिने गरी लुगा लगाउने गर्दा डेङ्गुबाट बच्न सकिन्छ । यो रोग बर्सादको समयमा देशका अधिकांश जिल्लामा देखिने गरेको छ । यसको लक्षण सङ्क्रमण भएको तीनदेखि १४ दिनभित्र देखिन्छ ।

स्क्रब टाइफसका लक्षण

सङ्क्रमित माइट (किर्ना)को टोकाइबाट स्क्रब टाइफस रोग लाग्ने गर्छ । यो किर्ना विभिन्न जनावरहरु र विशेषगरी मुसाको शरीरमा हुने गर्छ । नेपालमा वर्षाको समयमा यो रोग बढी देखिने गरेको छ । सङ्क्रमित किर्नाले टोकेको पाँचदेखि २० दिनसम्म यसको लक्षणहरु देखा पर्न सुरू हुन्छ ।

अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, आँखा रातो हुने यसका लक्षणहरु हुन् । किर्नाले टोकेको ठाउँमा रातो डाबर उठ्ने र दाग देखिने हुन्छ । पसिना धेरै आउने, झाडापखाला लाग्ने, ग्रन्थीहरु सुनिने र बिस्तारै शरीरका मुख्य अङ्गहरुले काम गर्न छाड्ने स्क्रब टाइफसका लक्षणहरु हुन् ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट दुई घाइते, प्रतिकारमा बाघको मृत्यु

कास्की । कास्कीमा बाघको आक्रमणबाट शुक्रबार दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया