१९ सय नाघे कोरोना सङ्क्रमित

अन‌ि यो पनि

भरतपुर । चितवन जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको संख्या एक हजार ९२८ पुगेको छ । जसमा ९४७ जना निको भएर घर फर्केका छन् । ९६१ जना आइसोलेसन र ६३८ जना होम आइसोलेसनमा रहेका छन् । हालसम्म चितवनमा २० जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरमा एक हजार २२१, खैरहनीमा १४२, माडीमा ५६, रत्ननगरमा २९१, राप्तीमा १३५, कालिकामा ७१, इच्छाकामनामा १२ जना कोरोना सङ्क्रमित पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
सङ्क्रमितलाई पौष्टिक आहार
यसैबीच रत्ननगर–५, टरौलीमा रहेको संयुक्त आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितलाई बुधबार पौष्टिक आहार र स्वास्थ्य सामग्री प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा रहेका जनक रोक्का र उनका साथीहरुबाट संकलित रकमबाट सङ्क्रमितलाई पौष्टिक आहारको रुपमा मह, कागती, बिस्कुट, हर्लिक्स तथा स्वास्थ्य सामग्री मास्क, स्यानिटाइजर, साबुन, टावेल प्रदान गरिएको हो ।
रत्ननगर–५ मा स्थापित विशेष विपद् व्यवस्थापन कोषका संयोजक तथा वडाध्यक्ष कृष्ण महतो, उपसंयोजकहरु बालकृष्ण चापागाईं, वासु सापकोटाले सो सामग्री आइसोलेसन सञ्चालन समितिका संयोजक केशव आचार्यलाई हस्तान्तरण गरेका थिए । स्थानीय समाजसेवीहरु कृष्ण बोहोरा, घनश्याम पाण्डे, अशोक खतिवडाको पहलमा रोक्काले सङ्क्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका थिए ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया