भर्चुअल अस्ट्रेलियन एजुकेसन मेला हुने

अन‌ि यो पनि

भरतपुर । काठमाडौँको बागबजारमा भर्चुअल अस्ट्रेलियन एजुकेसन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेसन प्लानेटले आउँदो असोज १६ गते शुक्रबार भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको एक सूचनामार्फत जानकारी गराएको छ ।
मेला कम्पनीको बागबजारस्थित प्रधान कार्यालयमा हुनेछ । मेलामा अस्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागिता रहनेछ । मेलामा नेपाललगायतका विभिन्न देशहरुबाट अस्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछानेले बताए । उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन् ।
मेलाबाट विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यताअनुसारको छात्रवृत्ति, निःशुल्क आवेदन तथा अन्य विशेष छूटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्रीले बताए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया