एनसेलले ४० पैसा प्रति एमबीसम्म डेटा दिने

अन‌ि यो पनि

काठमाडौं । एनसेलका ग्राहकले बढी शुल्क लाग्ने कुनै डरबिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझै सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्छन् ।
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ, जसअन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रति एमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्छन् ।
यो योजना बुधबार (असोज १४) देखि लागू भएको छ । पेएजयूगो अर्थात् मेन ब्यालेन्सबाटै विद्यमान प्रति एमबी करबाहेक रू २ मा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको हो ।
यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदी ग्राहकले पेएजयूगोअन्तर्गत एक हप्तामा डेटाका लागि रू २० सम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क रू २ प्रति एमबी पर्दछ ।
एक हप्तामा ग्राहकले रू २० देखि ५० सम्म डेटा सेवामा खर्च गर्नेबित्तिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क रू १ मा झर्दछ । त्यसैगरी यदी ग्राहकले एक हप्तामा रू ५० भन्दा बढी खर्च गर्नेबित्तिकै प्रति एमबी मात्र रू ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदा लिन सक्छन् । साप्ताहिक चक्रमा हरेक हप्ता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पेएजयूगो डेटाअन्तर्गत गरेको खर्चको आधारमा यो योजना सञ्चालन हुन्छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया