ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पदीय दुरूपयोग रोकौँ

by चितवन पोष्ट
२०७१ जेष्ठ ६, मंगलवार ०९:०९ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

सरकारी सेवामा रहेका उच्चपदस्थ कर्मचारीहरुले पदीय दुरूपयोग गरी भ्रष्टाचार गरिरहेको बेलाबेलामा चर्चा भइरहन्छ । यतिबेला भने सर्वोच्च अदालतका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको देवघाटस्थित निजी आश्रमको हेरचाहमा खटिएका तीन कर्मचारीलाई सरकारी ढुकुटीबाट सेवासुविधा दिँदै आएको प्रसङ्ग चर्चामा आएको छ । शर्माको निवासमा काम गर्ने तीन जनाले जिल्ला अदालत चितवन र पुनरावेदन अदालत हेटौँडाबाट नियमित तलब सुविधा लिँदै आएको खबर सञ्चारमाध्यममा आएको छ । शर्माको देवघाटमा दुई करोडभन्दा बढीको लागतमा ‘श्री अखण्डानन्द निकेतन’ नामको २४ कोठे आश्रमकोे हेरचाहमा खटिए पनि सीता सिलवाल र रुपेश महतोले जिल्ला अदालत चितवन र रुपेश सिलवालले पुनरावेदन अदालत हेटौँडाबाट नियमित तलब सुविधा लिइरहेको पाइएको छ । चितवन अदालतमा सीता तामेल्दार र रुपेश कार्यालय सहायकका रुपमा जागिरे छन् । यस्तै, सीताका सहोदर भाइ रुपेश सिलवालले पुनरावेदन अदालत हेटौँडामा करारमा नायब सुब्बामा जागिर पाएका छन् ।
व्यक्तिगत पहुँचका आधारमा जागिर खाएका उनीहरु नियमित कार्यालय नपुगे पनि तलब सुविधा लिँदै आएको पाइएको छ । न्यायालयमा भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्ने भनिएका प्रधानन्यायाधीश शर्मा स्वयंले पदको दुरूपयोग गरेर आफ्नो निजी आश्रममा रेखदेख गर्ने कर्मचारीलाई तलब खुवाउनु विडम्बना हो । आश्रममै रहेर करारमा जागिर खाने दृश्यमा तीन जना देखिए पनि तीन दर्जनभन्दा बढी व्यक्तिलाई शर्माले पहुँचकै आधारमा विभिन्न जिल्लाका अदालतमा जागिर दिएको खुल्न आएको छ । चितवन अदालतमा प्रधानन्यायाधीश शर्माको मात्रै होइन, सर्वोच्चकै अर्का न्यायाधीश रामकुमार शाहले पनि पदको दुरूपयोग गरी भाइबुहारी रञ्जना चौधरीलाई पनि करारमै जागिर खुवाएको भेटिएको छ । चितवन अदालतमा कार्यालय सहायकका रुपमा जागिर खाएका रुपेश महतो एसएलसी उत्तीर्ण नभए पनि वीरगन्ज अदालतमा काम गर्ने काका शम्भु महतोको निकट सम्पर्कबाट जागिर पाएको बुझिएको छ ।
अदालतमा व्यक्तिगत पहुँच र प्रभावबाट जागिर खुवाउने घटना नयाँ भने होइन । यो सदियौँदेखि चल्दै आएको प्रचलन हो । तर, उच्च तहमा रहेका व्यक्तिको हकमा यस्ता सामान्य कुराले पनि ठूलो प्रभाव पार्नसक्छ । पहुँचका आधारमा जागिर खुवाएर कर्मचारीलाई आफ्नो निजी काममा लगाउनु मुलुकको सर्वोच्च अदालतको सर्वोच्च पदमा आसीन व्यक्तिका लागि पटक्कै सुहाउने कार्य
होइन । मुलुकको प्रधानन्यायाधीशभन्दा बढी ‘बाबा’को नामले प्रख्यात शर्माले आफ्नो आश्रममा काम गर्नेहरुलाई अदालतबाट तलब खुवाउनु पदीय दुरूपयोग हो । आफ्नो घर निर्माण तथा सहयोगका लागि जति पनि कर्मचारी नियुक्ति गर्न पाइन्छ । तर, निजी काममा खटिने कर्मचारीलाई जिल्ला तथा पुनरावेदन अदालतबाट तलब बुझ्ने व्यवस्था गरिनु पदीय मर्यादाविपरीत कार्य हो । प्रधानन्यायाधीश शर्माले यस विषयमा स्पष्ट जवाफ दिँदै पदीय दुरूपयोग रोक्नु जरूरी देखिएको छ ।

Related Posts

Chitwan Post

सत्ता समीकरणको चलखेल

Chitwan Post

सर्वोच्चको स्वागतयोग्य निर्णय

Chitwan Post

बहुप्रतीक्षित मेलम्ची

Discussion about this post

अन‌ि यो पनि

सिडिओको सरुवा, चितवनमा प्रेमलाल लामिछाने आउने
प्रमुख समाचार

सिडिओको सरुवा, चितवनमा प्रेमलाल लामिछाने आउने

भरतपुर । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायण प्रसाद भट्टराईको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट चितवनका...

Read more
अपाङ्गता भएका व्यक्तिलाई सहयोग

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

नेकपाका मुख्य सचेतकमा भट्टराई

नेकपाका मुख्य सचेतकमा भट्टराई

छिमेकीबाटै दुई बालिकामाथि बालयौन दुरूपयोग : पीडित परिवारले प्रहरीलाई दिए उजुरी

बलात्कारीलाई १८ वर्ष कैद

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In