उपभोक्ता ठग्नेलाई प्रशासनको ‘अन द स्पट’ कारबाही गर्ने चेतावनी

अन‌ि यो पनि

भरतपुर । जिल्ला प्रशासन चितवनले जिल्लामा व्यवसायीलाई पाँच दिनभित्र हरेक पसलमा मूल्य सूची राख्न निर्देशन दिएको छ ।

उद्योग वाणिज्य संघका प्रतिनिधि, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय, पत्रकारलगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पाँच दिनभित्र हरेक पसलमा मूल्य सूची र म्याद नाघेका सामान छुट्याएर राख्न दिर्नेशन दिएका हुन् ।

‘आजबाट पाँच दिनभित्र सबै व्यवसायीले मूल्य सूची अनिवार्य राख्ने र म्याद नाघेका सामान छुट्याएर राख्नू, अन्यथा तत्काल कारबाही हुन्छ,’ उनले भने, ‘ढोकामा मूल्य सूची राख्न सम्भव नहुने सामानको हकमा हरेक सामानमै मूल्य सूची राख्नुपर्छ ।’

उपभोक्ता ठगेको थापा पाएमा ‘अन द स्पट’ कारबाही गर्नेसमेत चेतावनी दिइएको छ । हरेक व्यापारीले उपभोक्ताको हितमा काम गर्नुपर्ने भएकोले सरकारले तोकेको २० प्रतिशतभन्दा बढी मूल्यमा कुनै पनि सामान बेचबिखन नगर्न प्रमुख जिल्ला अधिकारी भट्टराईले आग्रह गरे। साथै हरेक उपभोक्तालाई अनिवार्य बिल दिने व्यवस्था मिलाउन पनि प्रमुख जिल्ला अधिकारी भट्टराईले आग्रह गरे ।

प्रशासनले चाडवाडको समयमा उपभोक्ताहरूमा आवश्यकता पनि बढ्दै जाने हुँदा अनुगमनलाई नियमित गराउनेसमेत जनाएको छ । ‘चाडवाडको समयमा उपभोक्ताका आवश्यकता पनि बढ्ने हुँदा व्यापारीले मौका नै यही हो भन्ने खालका व्यवहार गर्न सक्ने हुँदा हरेक वर्ष चावडाव लक्षित अनुगमन गर्दै आएका छौँ,’ उनले भने, ‘अनुगमनका क्रममा प्रशासनको निर्देशन कार्यान्वयन नगरेमा तत्काल कारवाही गर्छौँ ।’

कोही उपभोक्ताले प्रशासनमा उजुरी दिएको खण्डमा तत्काल कारबाही गर्ने उनले बताए । तर, चाडवाड सकिँदैमा अनुगमन नै सकिएजस्तो नगर्न आग्रह गरे । ‘प्रशासनले व्यापारीलाई कारवाही ग¥यो भन्ने समाचार आउनुभन्दा व्यापारीलाई प्रशासनले प्रशंसापत्र दियो भन्ने समाचार सुन्ने काम गरौँ न,! ’ उनले भने ।

कारबाहीमा पर्ने जो कसैलाई कानुनका आधारमा सजाय दिने व्यवस्था भएको भन्दै उनले थपे, ‘कानुनअनुसार कारबाही त छँदैछ, तर गलत काम गर्नेलाई जरिवाना लियो भनेर भनसुन गर्ने चेष्टा पनि नगर्नुहोला ।’

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया