कोरोना संक्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामाग्री

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर ५ टरौलीमा रहेको सयुक्त आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई बुधवार पौष्टिक आहार र स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । बैदेशिक रोजगारीमा रहेका जनक रोक्का र उनका साथीहरुबाट संकलित रकमबाट संक्रमितलाई पौष्टिक आहारको रुपमा मह,कागति,विस्कुट,हर्लिक्स तथा स्वास्थ्य सामाग्री माक्स,सेनिटाइजर,साबुन,टाबेल प्रदान गरिएको हो ।
रत्ननगर ५ मा स्थापित विषेश विपद् व्यवस्थापन कोषका संयोजक तथा वडाध्यक्ष कृष्ण महतो,उपसंयोजक बालकृष्ण चापागाइँले सो सामाग्री आइसोलेसन सञ्चालन समितिका संयोजक केशव आचार्यलाई हस्तान्तरण गरेका थिए । स्थानीय समाजसेवीहरु कृष्ण बोहोरा,घनश्याम पाण्डे,अशोक खतिवडाको पहलमा रोक्काले संक्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामाग्री खरिदको लागि आर्थिक सहयोग गरेका थिए ।
प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया