सौराहा–गोलाघाट साइकल सफारी सञ्चालन गर्न व्यवसायी सकारात्मक

अन‌ि यो पनि

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहा देखि पश्चिम चितवनको सीतामाई,जगतपुर हुँदै गोलाघाट सम्म साइकल सफारी सञ्चालन गर्न सौराहाका व्यवसायी सकारात्मक देखिएका छन ।

कोरोना भाइरसका कारण थलापरेको चितवनको पर्यटनको विकासमा टेवा पुग्ने भन्दै व्यवसायीहरुले सौराहाको प्याकेज कार्यक्रममा सफारी पर्यटनलाई समावेश गर्न सकरात्मक भएका हुन । सौराहाबाट हात्ती प्रजनन् केन्द्र हुँदै सीतामाई,घटगाईबाट जगतपुर हुँदै गोलाघाट सम्म साइलक सफारी सञ्चालन गर्न सकिने र त्यसका लागि निकुञ्जसंग अनुमति लिन पहल गर्न व्यवसायीहरु एकमत भएका छन ।

सौराहाको पर्यटनलाई साइकलको माध्यमबाट पश्चिम चितवनको पर्यटनसंग जोडने नयाँ अबधारणका साथ साइकल सफारी सञ्चालन गर्ने तयारी गरिएको क्षेत्रीय होटल संघ चितवनका निर्वतमान अध्यक्ष सुमन घिमिरेले बताए । साइकल सफारीलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरेर सञ्चालन गर्न सके आन्तरिक पर्यटकको संख्या बृद्धि हुने उनको विश्वास छ ।

चितवनको पर्यटन विकासका लागि जिल्लाका अन्य पर्यटकीय स्थलहरुलाई सौराहासंग जोड्न आवश्यक रहेको भन्दै घिमिरेले त्यसको भरपर्दो माध्यम साइकल सफारी हुने बताए । सौराहाबाट निकुञ्जको बाटो हुँदै पश्चिम चितवनका पर्यटकीय स्थलहरुमा पर्यटक लैजाने विषयमा पहिलो चरणको छलफल भएको छ । चितवन साइकल राइडर्स क्लवले साइकल सफारीलाई पर्यटनसंग जोडने विषयमा सौराहाका व्यवसायीहरुसंग छलफल गरेको छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको संयोजनमा भएको छलफलमा सौराहाबाट साइकल मार्फत पर्यटकलाई गोलाघाट,पटिहानी र मेघौली लैजाने गरी साइलक सफारी सुरु गर्न उपयुक्त हुने संघका निर्वतमान अध्यक्ष घिमिरेले बताए । साइकल सफारीका लागि निकुञ्जसंग अनुमति लिनु पर्ने हुन्छ ।

साइकल सफारीका विषयमा निकुञ्ज सकारात्मक देखिएमा स्थानीय सरकारका प्रमुख सहित सौराहा व्यवसायी र राइडर्स क्लवका पदाधिकारीहरुको बृहद कार्यक्रम गरेर साइकल सफारी सञ्चालन गर्ने विषयमा टुङ्गो लगाउने व्यवसायी समेत रहेका वनका अध्यक्ष जितु तामाङले बताए । राइडर्स क्लवले सौराहा देखि निकुञ्ज हुँदै भरतपुर महानगरपालिका १३ सीतामाई,जगतपुर र त्यहाबाट गोलाघाट सम्म साइकल सफारी सुरु गर्ने योजना रहेको क्लवका सचिव धर्मराज सापकोटाले बताए ।

त्यसका लागि हामी मात्र तातेर हुँदैन उनले भने स्थानीय सरकार र सौराहाका व्यवसायीको तदारुकता चाहिन्छ । यसरी साइकल सफारी सञ्चालन गर्दा निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु र वनस्पतिहरुको प्रत्यक्ष अबलोकन गर्दै प्रकृतिसंग साक्षत्कार गर्न पाइने भएकाले यसले आन्तरिक तथा बाह््य पर्यटक आगमन बृद्धि हुने उनले बताए ।

सौराहाका पुराना व्यवसायी राधाकृष्ण श्रेष्ठले साइकल सफारीलाई चितवनमा पर्यटकको बसाइ लम्ब्याउने माध्यमको रुपमा विकास गर्न सकिने धारण राखे । सौराहाबाट साइकल सफारीमा निस्केका पर्यटकलाई पहिलो रात गोलाघाटमा राख्ने,दोश्रो रात पटिहानीमा राख्ने र तेश्रो रात मेघौलीमा राख्ने बृहद योजनाका साथ साइकल सफारी सुरु गर्दा दीर्घकालिन र पर्यटन प्रर्बधनको माध्यम हुने व्यवसायी श्रेष्ठले बताए ।

व्यवसायीहरुले साइकल सफारीलाई सौराहाबाट हात्तीप्रजनन् केन्द्र विसहजारी ताल सम्मको यात्रालाई पनि संगसंगै लैजानु पर्नेमा जोड दिएका छन ।  छलफल कार्यक्रमा क्षेत्रीय होटल संघ चितवनका महासचिव गुणराज थपलिया,क्लवका उपाध्यक्ष पदम बहादुर बानिया लगायतले मन्तव्य राखेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...