ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘आश्रमको बास, सरकारी धनको नाश’

by चितवन पोष्ट
२०७१ जेष्ठ ५, सोमबार ०२:५३ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको देवघाटमा आश्रम छ । यस आश्रमको हेरचाह तीन जनाले गरिरहेका छन् । आश्रमकोे हेरचाहमा खटिए पनि जिल्ला अदालत चितवन र पुनरावेदन अदालत हेटौंडाबाट उनीहरुले नियमित तलब सुविधा लिइरहेका छन् । उनीहरु हुन् भनपा–१ बस्ने सीता सिलवाल, रुपेश सिलवाल र रुपेश महतो ।
सीता र महतो चितवन अदालतमा क्रमशः तामेल्दार र कार्यालय सहायकका रुपमा जागिरे छन् । सीता चितवन अदालतमा १ वर्ष पहिले तामेल्दारको रुपमा करारमा नियुक्ति भएकी हुन् भने महतोले जागिर खाएको ६ महिनामात्र भएको छ । तामेल्दारलाई डिठ्ठा सरह मानिन्छ । सीताको सहोदर भाइ रुपेश भने पुनरावेदन अदालत हेटौंडामा ६ महिनाअघि सुब्बामा करारमा नियुक्त भएका थिए । छिमेकीहरु सीतालाई ‘सीतामाता’ भन्छन् ।
पहुँचको आधारमा जागिर खाएका उनीहरु कहिलेकाँही मात्र कार्यालय पुग्छन् । प्रधानन्यायाधीश शर्माले पदको दुरूपयोग गरी चितवन देवघाटमा बन्दै गरेको निजी घरको रेखदेख गर्ने तीन जनालाई चितवन र हेटौंडा अदालतबाट तलब खुवाउने गरेका हुन् । प्रधानन्यायाधीशको मान्छे भएकाले अन्य कर्मचारीले उनीहरुलाई केही भन्न गर्न सक्दैनन् । आश्रममै रहेर करारमा जागिर खाने उनीहरु ३ जना भएपनि अन्य ३ दर्जन बढी व्यक्तिलाई शर्माले पहुँचकै आधारमा विभिन्न जिल्लाका अदालतमा जागिर दिएको खुल्न आएको छ ।
हाल सुब्बाको तलब स्केल १७ हजार पचास रूपैयाँ, डिठ्ठाको १६ हजार ११० र कार्यालय सहयोगीको ११ हजार ८०० रहेको छ । निजी घर वा आश्रमको हेरचाहमा खटिने कर्मचारीले कहिलेकाँही अदालत आएको भरमै सरकारी सुविधा लिइरहेका छन् ।
चितवन अदालतमा प्रधानन्यायाधीश शर्माको मात्रै हुकुम चल्दैन । सर्वोच्चका अर्का न्यायाधीश रामकुमार शाहका भाइबुहारी रञ्जना चौधरी पनि करारमै जागिर खाइरहेकी छन् । सिलवाल र महतोको तुलनामा चौधरी कार्यालयमा प्रायः आउने गरेको अदालत स्रोतले जनायो ।
भरतपुर नगरपालिका–१ देवघाटमा शर्माको घर बनिरहेको छ । ‘श्री अखण्डानन्द निकेतन’ नाम दिइएको २४ कोठे ठूलो घरको काम जारी छ । झण्डै २ करोड बढीको लागतमा घर निर्माण भएको एक कर्मचारीले बताए । श्री अखण्डानन्द निकेतन नामचाहिँ शर्माको गुरूको नाम हो ।
महिनामा एक पटक जसो यहाँ आउछन् शर्मा । शर्मा आउँदा कुनै पनि कर्मचारी अदालत जाँदैनन् । रुपेशलाई अस्थायी नियुक्ति दिन चितवन अदालतमै दबाब दिएपनि कसै गरेपनि नसकिने जवाफ अदालतबाट पाएपछि रुपेशलाई पुनरावेदनमा नियुक्ति दिइएको हो ।
चितवन अदालतमा कार्यालय सहायकका रुपमा जागिर खाएका २० वर्षीय युवा रुपेश महतो हुन् । उनले आफ्नो परिचय महतो मण्डल बताएपनि अदालतमा उनको नाम रुपेश महतो रहेछ । उनी एसएलसी उत्तीर्ण छैनन् । उनका काका शम्भु महतो वीरगंज अदालतमा रहेछन् । उनकै निकट सम्पर्कबाट महतोले प्रधानन्यायाधीश कहाँ जागिर पाएका रहेछन् । महतो स्वयम्ले कहिलेकाँही कार्यालय जाने र जाँदाको दिनमा पनि ११ बजेतिर गएर २ बजे फर्कने गरेको बताए ।
लोकसेवा आयोग लामो समयपछि यसवर्ष खुल्ने भएकाले आगामी ६ महिनामा करारको समस्या समाधान हुने कर्मचारीहरु बताउँछन् । चितवन जिल्ला अदालतमा ४७ जनाको दरबन्दी रहेको छ । सबै भन्दा बढी तामेल्दार पदमा ५ जना करारमा नियुक्त भएका हुन् । कुल ११ कर्मचारी विभिन्न पदमा करारमा नियुक्त भएको अदालतले जनाएको छ । हाल करार र दरबन्दी गरी कुल ४५ जना कार्यरत छन् ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In