ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भारतीय सुरक्षा क्याम्प राख्न नेपाली भूमि अतिक्रमण

by चितवन पोष्ट
२०७१ जेष्ठ ५, सोमबार ०२:५२ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

त्रिवेणीधाम । वाल्मीकि ऋषिको आश्रम रहेको विश्वास गरिने क्षेत्रमा समेत भारतीय पक्षबाट अतिक्रमण भएको स्थानीयहरुको भनाइ छ । स्थानीयहरुको गुनासो आएपछि चितवन जिल्ला प्रशासनले सिमाना बारे यथार्थ जानकारी पत्ता लगाउन गृह मन्त्रालयसँग विज्ञहरु पठाउन आग्रह गरेको छ ।
चितवन जिल्लाको क्षेत्र नं. ५ अन्तर्गत पर्ने माडी इलाकाको गर्दी गाविसको वडा नं. ९ अन्तर्गत रहेको सो ठाउँ भारतको बिहार राज्यसँग जोडिएको छ । भारत सरकारले सो क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) क्याम्प राख्दा नेपालको सिमाना मिचेर राखेको स्थानीयहरुले जानकारी दिए ।
वाल्मीकि आश्रमको पश्चिममा दुईवटा खोलाहरु रहेका छन् । आश्रमसँग जोडिएर तम्सा नदी बगेको छ । तम्सा नदीभन्दा लगभग पाँच सय मिटर पश्चिममा स्थानीयहरुले सोनाहा भन्ने स्वर्णभद्रा नदी बग्ने गर्छ । नेपालको सिमाना स्वर्णभद्रा नदी भएको स्थानीयहरुको दावी छ ।
एसएसबीले स्वर्णभद्रा नदी तरेर वाल्मीकि आश्रमसँगै जोडिएको तम्सा नदीको पारिपट्टि क्याम्प राखेको छ । एमाले चितवन क्षेत्र नं. ५ का संयोजक रामप्रसाद न्यौपाने एसएसबीका कारण तम्सा र स्वर्णभद्राबीचको आठ सय वर्ग किलोमिटर क्षेत्र अतिक्रमण भएको बताउँछन् ।
सो ठाउँको जंगल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र पनि हो । चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव पनि आफू कार्यरत रहँदा निकुञ्जको सिमाना अहिले एसएसबी क्याम्प बसेकोभन्दा पाँच सय मिटर पश्चिमको स्वर्णभद्रा नदी नै रहेको बताउँछन् ।
चितवन निकुञ्जले आश्रम नजिकको फूलबारी भन्ने ठाउँमा नेपाली सेनाको पोष्ट नै राखेको
थियो । तत्कालीन विद्रोही पक्ष माओवादीले सुरू गरेको सशस्त्र संघर्षका घटनाहरु बढ्दै जान थालेपछि विसं २०५६ सालमा सेनाको सो पोष्ट त्यहाँबाट हटाउनु परेको थियो ।
फूलबारी भन्ने ठाउँबाट नेपाली सेनाको पोष्ट हटेको एक वर्षपछि विसं २०५७ सालमा भारतीय सीमा सुरक्षा बलको क्याम्प स्थापना भएको हो । भारतीय सीमा सुरक्षा बल आएर बसेपछि नेपाली सिमाना मिचियो भनेर बारम्बार कुरा उठाउँदा पनि सुनुवाइ नभएको स्थानीयको आरोप छ ।
चितवनमा पर्ने वाल्मीकि आश्रम पुग्न सजिलो भने छैन । नवलपरासीको गैंडाकोट, बर्दघाट हुँदै त्रिवेणी पुगेपछि आश्रम जान सात किलोमिटर भारतीय जंगल पार गर्नुपर्ने हुन्छ । चितवन प्रशासनको नजरभन्दा धेरै पर रहेकाले पनि यहाँको विषय उजागार हुन सकेको थिएन ।
‘स्थानीयका गुनासाहरु सुनेपछि हामी पनि सत्यतथ्य पत्ता लगाउन जुटेका छौं’ चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भने । गृह मन्त्रालयले नापी विभागसँग समन्वय गरेर सीमा यकिन गर्न टोली खटाउन थालेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
सोही क्षेत्रमा वैशाख २६ गते पुगेका सहरी विकास मन्त्री नारायण खड्काले पनि भारतीय दूताबासमा यो कुरा पु¥याउने र सीमाका सम्बन्धमा कुटनीतिक तबरले समाधान निकाल्ने वचन दिएका थिए । सीमाविद्बाटै दिगो समाधान जुटाउने पक्षमा आपूm रहेको मन्त्री खड्काले बताए ।
साथै चितवन प्रशासनले वाल्मीकि आश्रममका सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी पनि स्थापना गरेको छ । बैशाख २१ गतेदेखि सशस्त्र प्रहरीको २२ जनाको टोली सो क्षेत्रमा खटेको छ । आश्रम क्षेत्रमा मगर समुदायका १५ घर पनि रहेका छन् ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन
समाज

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

चितवन, ३ माघ । रत्ननगरमा बनेको पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

Read more

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

होटल रेष्टुराँका सञ्जाल चितवनमा

होटल रेष्टुराँका सञ्जाल चितवनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In