पानीले पायो निकास

अन‌ि यो पनि

भरतपुर । भरतपुर–१०, गेष्ट हाउस चौर र आसपासका क्षेत्रमा भरिएको पानीले निकास पाएको छ । यस क्षेत्रका पुराना नहरहरुमा अस्थायी प्रकृतिको नाली बनेपछि जमेर बसेको पानी रिजालचोकतर्फ बगेको हो । अब केही मात्रामा पानी बग्न बाँकी रहेको र त्यो पनि वर्षा नभएमा सुकेर जाने भरतपुर–१० का वडा अध्यक्ष अरूण पीडित भण्डारीले बताए । पानी बगेपछि अब भने जमेको पानीबाट हुन सक्ने हानि कम हुने भएको छ ।
यो समस्याको स्थायी समाधानका लागि महानगरले यस क्षेत्रमा ढल, बाटोसहितको विकासका लागि महानगरका इन्जिनियर विराट घिमिरेको संयोजकत्वमा ५ जना प्राविधिक र २ अमिन रहने गरी टोली गठन गरेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया