कुकुर बिरालोलाई रेविजविरूद्धको खोप

अन‌ि यो पनि

खैरहनी । विश्व रेविज दिवसको अवसरमा चितवनको खैरहनीमा कुकुर र बिरालोमा रेविजविरूद्धको खोप अभियान मंगलबार सुरू भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरको सहयोग तथा पशुसेवा शाखा खैरहनी र नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्ट्रक खैरहनी नगर कमिटीको संयुक्त आयोजनामा खोप अभियान सुरू भएको हो ।
पहिलो दिन खैरहनी–९ बैरहनीमा घरपालुवा कुकुरहरुलाई खोप लगाइएको थियो । मंगलबार २८ वटा कुकुरलाई रेविजविरूद्धको खोप लगाइएको खैरहनी पशुसेवा शाखा प्रमुख रूद्रकुमार श्रेष्ठले बताए । खैरहनी–९ का वडा अध्यक्ष होमकुमार पुनको अध्यक्षता तथा पशु विज्ञ केन्द्रका प्रमुख डाक्टर दयाराम चापागाईंको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।
खोप अभियानमा विज्ञ केन्द्रका अधिकृत दीपचन्द्र घिमिरे, खैरहनी पशुसेवा शाखा प्रमुख श्रेष्ठ, प्राविधिक सहायक टेकबहादुर ओली, पशु प्राविधिक रामबाबु पाण्डे सहभागी छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...