कोरोना सङ्क्रमणले बिपी प्रतिष्ठानमा ६८ वर्षीया महिलाको मृत्यु

अन‌ि यो पनि

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।
उनलाई यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताए ।
उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । सोमबार पनि धरान–२ की एक ३८ वर्षीया महिलाको प्रतिष्ठानमा कोरोनाले मृत्यु भएको थियो । रासस

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया