घर हाम्रो सर्वस्व (लक्ष्मणरेखा)

अन‌ि यो पनि

प्रकृतिले जसलाई जहाँ जसरी बनाएको छ, त्यो त्यहाँ त्यसरी नै रहनुपर्दछ । जीवनको उपयुक्त सम्भावना देखेर नै प्रकृतिले पशुपक्षी, कीटपतङ्ग र मनुष्यलाई विभिन्न ठाउँमा जन्माएको हुन्छ । हिमालमा जन्मिएका मान्छेका लागि हिमालजत्तिको उपयुक्त ठाउँ अर्को हुन सक्दैन । तराईमा जन्मिएको मानिसका लागि तराई नै जीवनयापनको उपयुक्त भूमि हो । व्यक्तिले जन्मपूर्व विकास गरेको उसको संस्कार, शक्ति र सामथ्र्यका कारणले नै उसले परिवार, ठाउँ र परिवेश प्राप्त गरेको हुन्छ ।
यात्रा त जसरी पनि गर्न सकिन्छ । गन्तव्यसम्म पुग्ने यात्राहरु समय, परिवेश र परिस्थितिबमोजिम अनेक हुन्छन् । यात्राका स्रोतहरु बदलिन सक्दछन् । गन्तव्यसम्म पुग्ने एउटै बाटो नहुने भएका हुनाले नै प्रकृतिले धेरै बाटाहरुको व्यवस्था गरेको हो । गीतामा भगवान् श्रीकृष्णले भन्नुभएको छ, ‘अर्जुन, तिमीले मलाई जसरी भजे पनि हुन्छ । तिमीले मलाई जुन रुपमा चिन्तन गर्दछौ, म त्यही रुपमा उपस्थित भइदिन्छु ।’ भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नुभएको यो भनाइ निकै अर्थपूर्ण छ ।
हाम्रा सफलताहरु एउटै छैनन् । प्राप्तिहरु पनि एउटै छैनन् । हाम्रा उपलब्धि र प्राप्तिहरु एउटै हुन नसक्नुमा हाम्रा रूचि र काम गर्ने तरिकामा अनेकता हुनु हो । सफलता जुन रुपमा पनि उपलब्ध हुन सक्दो रहेछ भन्ने कुरा यहाँबाट बुझ्न सकिन्छ । भक्ति पनि त्यस्तै हो । कृष्ण हाम्रा उपलब्धि र प्राप्ति हुनुहुन्छ । हामीले जुन तहको भक्ति गर्दछौँ, त्यही तहको मुक्ति प्राप्त गर्दछौँ । अर्थात् हाम्रो भक्तिको अवस्थाअनुसार कृष्ण हाम्रा लागि उपलब्ध भइदिनुहुन्छ ।
जीवन जिउन पनि त्यसैले अप्ठ्यारो छैन । हामीले जसरी पनि जीवन बाँच्न सक्दछौँ । हामीले जसरी भज्दछौँ, त्यसरी नै भगवान्लाई पाउन सक्दछौँ भनेजस्तै जसरी चाहन्छौँ जीवनलाई चलाउन सक्दछौँ । हाम्रो जीवनका हामी स्वतन्त्र चालक हौँ । जीवनलाई कुन गन्तव्यमा पु¥याउने हो भन्ने जिम्मा हामी प्रत्येक चालकको रूचि, इच्छा, तत्परता, लगनशीलता र योग्यतामा निर्भर गर्दछ ।
बिर्सन नहुने कुरा के हो भने हामी जुन ठाउँमा जन्मिएका छौँ र जुन हैसियत प्राप्त गरेका छौँ, त्यही ठाउँ र हैसियतबमोजिम नै आफ्ना रूचि, लगनशीलता र तत्परताको निर्धारण गर्न सक्नुपर्दछ । हामीले पाएको परिवार, देश, समाज, शक्ति र स्रोतलाई यसकारण पनि हामीले अन्यथा मान्नुहुँदैन ।
मानिसको एउटा नराम्रो प्रवृत्ति के छ भने ऊ आपूmसँगको उपलब्धिमा सन्तुष्ट हुन सक्दैन । आपूm जन्मिएको घर, समाज, देश र दर्शनभन्दा अन्यत्रकै देश, दर्शन र परिवारप्रति ऊ आकर्षित हुन मन पराउँदछ । तर मानिसको यो असन्तुष्टिले उसलाई तनावभन्दा अर्को केही दिएको छैन आजसम्म । घर छोडेर बाहिरिएकाहरुले घरमा पाएको जस्तो आनन्द र स्वतन्त्रता कतै पाएका छैनन् । पाउन पनि सक्दैनन् किनकि प्रकृतिले मान्छेको संस्कार र उसको रूचिअनुसार नै व्यक्तिलाई घर दिएको हुन्छ, गाउँ दिएको हुन्छ, ठाउँ दिएको हुन्छ र नाउँ दिएको हुन्छ ।
हाम्रो कर्तव्य घर छोडेर कतै भौँतारिनुभन्दा घरलाई नै सुन्दर बनाउनेतिर लाग्नु हो । हाम्रो कर्तव्य भनेकै शृङ्गार हो । दिनदिनै हामीले शरीर सिँगार्दछौँ । दिनदिनै हामीले घर सिँगार्दछौँ किनकि सिँगार्नु, सुन्दर बनाउनु नै हामी मानिसको धर्म हो । त्यसैले, प्रकृतिले पनि आपूmलाई सिँगार्न जताततै मानिस, जीवजन्तु र पशुप्राणीको व्यवस्था गरेको छ । बगर सिँगार्न ढुङ्गा, माटो र बालुवाको व्यवस्था गरेको छ । जङ्गल सिँगार्न बोटबिरूवा र जीवजनावरको व्यवस्था गरेको छ । समाज सिँगार्न मान्छे बनाएको छ । आकाश सिँगार्न तारा र नक्षत्रहरु बनाएको छ । जे होस्, प्रकृतिको चाहना भनेकै शृङ्गार हो ।
हाम्रो छुट्टै चाहना केही पनि छैन । मान्छेको मात्र होइन, धर्तीका जड वा चेतन कुनै पनि विषयको छुट्टै चाहना केही पनि छैन । हामीले प्रकृतिकै चाहना बोलिरहेका हुन्छौँ । यसो भएका हुनाले पनि जहाँको प्रकृति जस्तो छ, हामीले त्यस्तै बोल्नुपर्दछ । नेपालको प्रकृतिमा जापानको प्रकृति बोलेर हुँदैन । अमेरिकाको प्रकृति बोल्न अमेरिकाकै भाषा चााहिन्छ । युरोपलाई सिँगार्ने जिम्मा प्रकृतिले सेतो छाला भएका मान्छे जन्माएर उनीहरुलाई नै प्रदान गरेको छ । अमेरिका सिँगार्न नेपाल छोडेर हामी अमेरिकै जानुपर्दछ भन्ने होइन । यदि त्यसो ग¥यौँ भने हामीले प्रकृतिको व्यवस्थालाई अवमूल्यन गरेका हुनेछौँ ।
अर्काको काम गरेर मान्छे कहिल्यै सन्तुष्ट हुन सक्दैन । अर्काको भाषा बोलेर हामीले काम चलाउने मात्र हो, आपूmलाई पोख्न त मातृभाषा नै चाहिन्छ । जुन भाषामा हामीले हिँड्न सिक्यौँ, जुन भाषामा हामीले खान सिक्यौँ र जुन भाषामा हामीले गाउन सिक्यौँ त्यही भाषा नै हाम्रो जीवनको भाषा हो । हाम्रो शरीरको रगतमा त्यही भाषाको प्रभाव परेको हुन्छ ।
धर्मका सन्दर्भमा पनि यही नियम लागू हुन्छ । हामीलाई जन्माउने धर्ममा नै हामी मर्न सक्नुपर्दछ । एउटा धर्ममा जन्मिएर अर्को धर्ममा मर्नुजत्तिको दुःखदायी कुरा अर्को के होला ? संसारमा कोही पनि मान्छे आपूm जन्मिएका गाउँ छोडेर सुखी भएको छैन । हामीलाई हाम्रै माटोको धर्मले सिकाएको जीवनदर्शन सधैँसधैँका लागि काम लाग्छ । नेपाल सिँगार्ने नेपालीले हो । नेपाल बनाउन विदेशी आएर हुँदैन । हामीले हाम्रो भाषा बेचेर आपूmलाई बोल्न सक्दैनौँ । हामीले हाम्रो धर्म बेचेर पनि आपूmलाई प्रसन्न राख्न सक्दैनौँ । कोही हाम्रो नजिक आउला र आफ्नो भाषा बोल्न कर गर्ला । कोही हामी भएनजिक आउला र आफ्नो धर्म धारण गर्न प्रलोभन देखाउला । त्यतिखेर हामी सचेत हुनैपर्दछ ।
प्रलोभनमा परेर आफ्नो गाउँ बेच्नु हुँदैन । प्रलोभनमा परेर आफ्नो नाउँ बेच्नुहुँदैन । हाम्रा भाषा, धर्म, संस्कृति भनेका हाम्रा पहिचान हुन् । पहिचानबिना हामी जीवित रहन पनि सक्दैनौँ । जहाँ गए पनि घरमा नफर्की सुखै छैन । केही समय भ्रमण गर्न सकिन्छ, विभिन्न गाउँहरुमा, विभिन्न धर्महरुमा र विभिन्न कर्महरुमा तर अन्ततः विश्राम गर्ने आफ्नै घरमा हो, आफ्नै गाउँमा हो । गोठबाट छुटेको वा छुटाइएको गाई दिनभर चर्न निस्कन्छ बाहिर । तर जब साँझ पर्छ, अनि फर्कन्छ सम्झिएर आफ्नै गोठ र निदाउँछ गहिरो निद्रा दिल खोलेर ।
कालीगण्डकी नदी अत्यन्त राम्रो छ । त्यहाँको पानी सबैको जिन्दगानी हो । त्यही कालीगण्डकी किनारमा भेटिन्छन् भगवान्हरु शालिग्राम बनेर । विश्वको पवित्र तीर्थ त्यही नदीको किनारमा पर्दछ । धेरै समयअघिको कुरा हो । त्यही काली नदीको पवित्र पानीमा पौडने एउटा माछोलाई बाहिरको जीवन देखेर लोभ लागेछ । वर्षौंदेखि ऊ त्यही नदीमा बाँच्दै आएको थियो । सधैँ एउटै ढुङ्गाको छेउ, उस्तै चिसो पानी । त्यही नदीमा बस्दाबस्दा वाक्क लागेको थियो उसलाई । एकदिन पानीमा पौडँदापौडँदै उसले बाहिर पानीको तीव्र प्यासले सताइएको ब्वाँसो देख्यो । त्यो ब्वाँसो पानी तिर्खाले आत्तिएर निकै टाढादेखि काली नदीको किनारमा पानी खान आएको थियो ।
दौडिएर आएको त्यो ब्वाँसोले आउँदाआउँदै नदीमा मुख डोब्यो र धीत मर्ने गरी पानी पियो । माछाले यो दृश्य देखिरहेको थियो । ब्वाँसोले पानी पिइसकेपछि उसले ब्साँसोसँग सोध्यो, ‘बन्धु, तिमीलाई पानी पिउँदा यति मजा किन आउँछ ? खै, मैले त यो पानीमा कुनै स्वाद पाउँदिनँ त । बरू पानीबाहिरको दुनियाँ देखेर मलाई लोभ लागेर आउँछ । के गर्ने, चाहेर हुँदोरहेनछ ।’
पानी पिएर तृप्त ब्वाँसोले माछाका कुरा सुनेपछि भन्यो, ‘किन नहुनुु । तिमीलाई बाहिर निस्कन मन लागेको छ भने म सहयोग गर्न तयार छँदै छु नि । आउँछौँ ? विचार गर न त बाहिरको दुनियाँ कस्तो रहेछ ।’ ब्वाँसोका कुरा सुनेर माछो मख्ख प¥यो । उसकै आग्रहमा ब्वाँसोले त्यो माछोलाई समातेर बालुवाको किनारमा छोडिदियो । जसै माछो बालुवामा खसेको थियो, त्यसपछि नै उसको बेहाल हुन थाल्यो । बाहिरको दुनियाँ देखेर लोभिएको माछोले दुई–चार सेकेन्डमै जीवनमरणको सङ्घर्ष गर्नुप¥यो । जेठको समय, तातेको बालुवामाथि चिसो पानीमा पौडँदै गरेको माछोको यो दुर्गति ! माछोलाई हुनसम्म पीडा भयो । माछोको पीडा देखेर ब्वाँसोको हृदय पनि पग्लियो ।
मर्ने भयो भनेर ब्वाँसोले माछोलाई समातेर फेरि पानीमै छोडिदियो । पानी पाउनासाथ ऊ प्रसन्न भयो र पहिलेभैmँ नदीमा पौडिएर जीवनको अनुभव ग¥यो । दुई सेकेन्ड मात्र ढिलो भएका भए पनि ऊ मर्ने थियो । माछोले यसबीचमा धेरै कुरा सोच्न भ्याएको थियो । लामो सास तान्यो र नदीकिनारमा रहेको ब्वाँसोलाई सम्बोधन गर्दै माछोले भन्यो, ‘मलाई थाहा भयो पानी नै मेरो जिन्दगानी रहेछ, मेरो अस्तित्व रहेछ । तिमीले मलाई बाहिर निकालिदिएर मेरो जन्मभूमिप्रतिको आस्था अझ बढाइदियौ । तिमीलाई धेरैधेरै धन्यवाद ! पानीबिना बाँच्न मलाई कठिन छ भन्ने कुरा बल्ल मैले बालुवाको तातोले पोलेपछि थाहा पाएँ ।’
हामीलाई पनि पानी जिन्दगानी हो भन्ने कुरा त्यसको आवश्यकतापछि मात्र थाहा हुन्छ । थाहा छैन, हामीमध्ये कति आपूm हुर्किएको कालीगण्डकीको शीतल पानी छोडेर बालुवाको तातो खान बाहिरिएका छौँ । बाहिरको तातोले भतभती पोलेपछि बल्ल पानी सम्झनेछौँ र फर्कने छौँ त्यही गण्डकीको किनार माछोजस्तै भएर । घर नआई सुखै छैन किनकि घर नै हाम्रो अस्तित्व हो, सम्मान हो र सन्तुष्टि हो ।
पैसाका लागि हामीले नदी छोड्न सकौँला, देश छोड्न सकौँला, धर्म छोड्न सकौँला तर सम्मान छोड्न सक्दैनौँ, सन्तुष्टि छोड्न सक्दैनौँ र स्वतन्त्रता छोड्न सक्दैनौँ । पानी नै माछाको संसार हो । माछा पानीमा कति स्वतन्त्र हुन्छ, कति प्रसन्न हुन्छ । हामी जन्मिएको ठाउँ र हामी हुर्किएको गाउँ पनि हाम्रा निम्ति माछाका लागि नदीजस्तै अनिवार्य छन् ।
सधैँ एकै ठाउँमा बस्दाबस्दा हामीलाई हाम्रो ठाउँ नरमाइलो लाग्न सक्छ । त्यसैले, हामी बाहिर निस्कन्छौँ रमाइलोको खोजीमा । जब हामी अपमानित हुन्छौँ, तिरस्कृत हुन्छौँ र फर्कन्छौँ आफ्नै ठाउँमा, त्यसपछि बल्ल हामीलाई हाम्रो ठाउँ रमाइलो लाग्न थाल्दछ । आनन्द बाहिर खोज्ने कुरै होइन । हामी जहाँ छौँ त्यहीँ आनन्द छ । प्रकृतिले हामीलाई आनन्द भएकै ठाउँमा जन्माएको हुन्छ सुरूमै । हामीलाई विश्वास लाग्दैन र निस्कन्छौँ बाहिर ।
हाम्रो गाउँ हाम्रा लागि हो, हाम्रो देश हाम्रा लागि हो, हाम्रो धर्म र भाषाहरु हाम्रा लागि हुन् । संसारमा एउटा मात्र धर्म नहुनुको विज्ञान पनि यही हो । संसारमा धेरै मान्छे छन्, धेरै देश छन्, धेरै भेष छन् र छन् धेरै भाषाहरु । हामीभन्दा सम्पन्न देशहरु पनि होलान्, विपन्न देशहरु पनि होलान् । सम्पन्न देशप्रति राग र विपन्न देशप्रति द्वेष राख्नु हाम्रो स्वभाव होइन । एउटै देशले चल्थ्यो भने त यहाँ एउटै देश हुन्थ्यो नि सुरूदेखि नै । एउटा देशले एकथरी मान्छेलाई चल्ला, तर अनेक थरीलाई सम्बोधन गर्न सक्दैन । त्यसैले, अनेक थरी देशहरुको आवश्यकता परेको हो ।
प्रकृतिबाट पनि सिकौँ न । संसारमा एउटै नदीले चल्ने भएका भए किन हुन्थे संसारभर नदीहरु ? किन चाहिन्थे हिमाल र पहाडहरु ? ठाउँठाउँमा नदीहरु छन्, ठाउँठाउँमा पहाडहरु छन् । हाम्रा धर्म र संस्कृति पनि यस्तै हुन् । मानिसका स्वभाव र रूचिअनुसार धर्म र संस्कृतिहरु विकसित भएका छन् । हामीले त्यस्तो धर्म मान्नुपर्दछ जुन धर्ममा हाम्रा रूचि र स्वभावहरु समेटिएका छन् । हाम्रो अस्तित्वलाई सम्बोधन गर्ने धर्म त्यही हो जहाँ हामी जन्मेका छौँ, सिकेका छौँ । हामी बिकेको धर्मले हामीलाई प्रसन्न राख्न कहिल्यै सक्दैन ।
कुनै पनि मानिस स्वयम्मा नआई शान्त हुन सक्दैन । टाढाटाढा भौँतारिएर सुख र शान्ति पाइने भए मानिसहरु घर फर्किएर आउने थिएनन्, गाउँ फर्किएर आउने थिएनन् । मानिस अर्काको देशमा भन्दा आफ्नो देशमा प्रसन्न रहन सक्दछ । आफ्नो देशमा भन्दा आफ्नो गाउँमा प्रसन्न रहन सक्दछ । आफ्नो गाउँमा भन्दा आफ्नो घरमा प्रसन्न र आनन्दित रहन सक्दछ र व्यक्ति घरमा भन्दा पनि आपूmभित्रै प्रसन्न रहन सक्दछ । खोजको दायरालाई हामी जति सानो बनाउन सक्दछौँ, त्यति नै हामी धेरै पाउन सक्दछौँ । खोजको सीमा जति व्यापक भयो, प्राप्तिको सम्भावना पनि त्यति नै थोरै भएर जान्छ । आखिर आनन्द कुनै ठोस वस्तु पनि त होइन, यो त अनुभूतिको नाम न हो ।
त्यसैले, हामी जहाँ छौँ, त्यही माटोमा विश्वास गरौँ । जन्मँदै सिकेको भाषामा जसलाई विश्वास छैन, जन्मँदै सिकेको धर्ममाथि जसलाई विश्वास छैन र जन्मँदै सिकेको संस्कृतिप्रति जसलाई विश्वास छैन उसले गुमाउनुबाहेक केही पनि पाउन सक्दैन । संसारका कुनै पनि देशमा जे छन्, हाम्रो देशमा पनि छन् । संसारका जुनसुकै गाउँ र ठाउँमा भएका सुविधाहरु हाम्रा गाउँ र ठाउँमा पनि छन् । हामी कमजोर छैनौँ । त्यसैले, स्वयम्मा विश्वास गरौँ । हामीसँग भन्दा थप बाहिरका मान्छेसँग अलि धेरै पैसा होला, अलि धेरै मोटरगाडी होलान्, त्यति मात्रै हो । बाहिरका मान्छेका जस्तै हामीसँग हाम्रै धर्म, हाम्रै संस्कृति, हाम्रै दर्शन, हाम्रै देश र हाम्रै भाषा छन् । हामी भनेकै यी हुन् र यी भनेकै हामी हौँ । त्यसैले, यिनको मूल्य बुझौँ र यिनमै समर्पित बनौँ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया