पद्मश्री पुरस्कार र सम्मान रद्द

अन‌ि यो पनि

भरतपुर । विवादमा परेपछि चितवनको रत्ननगरमा रहेको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यसवर्षको पुरस्कार र सम्मानको कार्यक्रम रद्द गरेको छ।

प्रतिष्ठानले सोमबार राति विज्ञप्ति जारी गर्दै असोज ११ गते पुरस्कार तथा सम्मानको घोषणा भएपछि केही विवाद र असहज परिस्थिति सिर्जना भएकोले रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए। पुरस्कार र सम्मानको लागि छनौट भएका व्यक्तिबाटै विभिन्न खालका प्रतिक्रिया आउन थालेपछि बाध्य भएर कार्यक्रम नै रद्द गर्नुपरेको प्रतिष्ठानले जनाएको छ।

‘विस२०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार र विसं२०६७ सालदेखि नियमितरूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान यसवर्ष पनि मिति असोज ११ मा घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उनीहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यसवर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दुःखी छौं, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने कदापि थिएन।

सम्मानित र पुरस्कृत स्रष्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ।’ तर प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने उनले बताए।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया