कावासोतीमा ट्याक्टरको ठक्करबाट एक जनाको निधन

अन‌ि यो पनि

कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा ट्याक्टरको ठक्करबाट एक जनाको निधन भएको छ ।

भित्री सडक खण्डमा हसौराबाट जुकेपानी जाँदै गरेको लु ४ त १२८४ नम्बरको ट्याक्टरको ठक्करबाट हसौराका २३ बर्षीय खिमबहादुर सारु मगरलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते सारु मगरको सोमबार राति नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा सोमबार राति निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि तयारी भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

 

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया