कियामा डिस्काउन्ट अफर

अन‌ि यो पनि

भरतपुर । नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रूपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यू सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउने छन् ।
ग्राहकहरुको चाडपर्वलाई अझ उत्सवमय बनाउन कम्पनीले डिस्काउन्टका अतिरिक्त अन्य सुविधा पनि दिएको छ । यो योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बिमा सुविधा पाउनेछन् । योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्नेछ ।
कम्पनीले ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजनाअन्तर्गत दिएको डिस्काउन्ट र अन्य सुविधा देशभरका किया डिलरबाट लिन सकिने बताइएको छ ।
कम्पनीले केही दिनअघि कियाको भारतस्थित प्लान्टमा निर्मित सोनेटको मूल्य सार्वजनिक गर्दै त्यसको बुकिङ पनि खुल्ला गरेको छ । कम्पनीका अनुसार सोनेटको सुरूआती मूल्य ३५ लाख ९० हजार तोकिएको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया