धादिङ अस्पतालको ओपिडी सेवा सुचारू

अन‌ि यो पनि

धादिङ । धादिङ अस्पतालले छ दिनअघि बन्द गरेको ओपिडी सेवा सोमबारदेखि खुलाएको छ । अस्पतालको ओपिडी शाखामा कार्यरत एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालले असोज ७ गतेबाट ओपिडी शाखाका सेवाहरु बन्द गरेको थियो ।
कोरोना सङ्क्रमित देखिएका स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ३५ जना अन्य स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि सोमबारदेखि अस्पतालका सेवाहरु सञ्चालन गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।
धादिङमा आइतबार २ वर्षीय एक बालकमा कोरोना सङ्क्रमण देखिएको छ । धादिङको गल्छी गाउँपालिका वडा नं–७ का २ वर्षीय बालकमा कोरोना पुष्टि भएको गल्छी गाउँपालिका स्वास्थ्य शाखाका उपप्रमुख शिव पौडेलले बताए । जिल्लामा सङ्क्रमितको संख्या ४ सय १३ पुगेको छ ।
धादिङको १३ वटै स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा १ सय ८ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७१ जना, गल्छी गाउँपालिकामा ६७ जना र ज्वालामुखी गाउँपालिकामा ४४ जना रहेका छन् ।
यसैगरी, धुनीबेँसीमा २१ जना, थांक्रेमा २० जना, बेनिघाट रोराङमा १५ जना, सिद्धलेक र नेत्रावती डबजोङमा १३÷१३ जना, गजुरीमा ११ जना, गंगाजमुनामा १२ जना, खनियाबासमा ४ जना, रूवीभ्यालीमा २ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ गरी ४ सय १३ जना रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताए । सङ्क्रमितको संख्या पछिल्ला दिनमा घट्दै गए पनि जोखिम भने कायमै रहेको हेल्थ असिस्टेन्ट रिजाल बताउँछन् ।
जम्मा सङ्क्रमितमध्ये २ सय ६९ जनाको धादिङमा स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र बाँकी १ सय ४४ जनाको भने जिल्लाबाहिर गएर स्वाब परीक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
धादिङमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । यसैगरी, सङ्क्रमितमध्ये निको हुनेको कुल संख्या २ सय ७० पुगेको छ । आइतबार थप ९ जनाको स्वाब परीक्षणका लागि पठाइएसँगै रिपोर्ट आउन ७० जनाको बाँकी रहेको छ । हेल्थ असिस्टेन्ट रिजालका अनुसार धादिङमा हाल सक्रिय केसको संख्या १ सय ३१ रहेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया