चितवनमा १८३८ मा कोरोना पुष्टि, निको हुने ७९३, १९ को मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवनमा सोमबार साँझसम्ममा एक हजार ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार हालसम्म एक हजार ९५ जना पुरूष र ७४३ जना महिला गरी एक हजार ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये हालसम्ममा ७९३ जना सङ्क्रमित निको भएर घर फर्किइसकेका छन् भने एक हजार २६ जना उपचाररत छन् ।
सङ्क्रमितको मृत्यु
पछिल्लो पटक सोमबार दिउँसो भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना सङ्क्रमित एक पुरूषको भरतपुर अस्पतालमा सोमबार मृत्यु भएको छ । मिर्गाैलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा सङ्क्रमण पुष्टि भएको थियो ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उनको उपचारकै क्रममा सोमबार दिउँसो १ः२० बजे मृत्यु भएको हो ।
अहिलेसम्मको तथ्याङ्कअनुसार चितवनमा सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकाभित्रका छन् । भरतपुर महानगरपालिकाभित्रमात्रै एक हजार १५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । अन्य स्थानीय तहमा खैरहनीमा १३१, माडीमा ५६, रत्ननगरमा १८३, राप्तीमा १३२, कालिकामा ६७ र इच्छाकामना गाउँपालिकामा १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये भरतपुरका ४३५, खैरहनीका ५३, माडीका ४९, रत्ननगरका १०७, राप्तीका ९८, कालिकाका ४४ र इच्छाकामनाका ७ जना सङ्क्रमित निको भइसकेका छन् । बाँकी होम आइसोलेसन, अस्पतालको आइसोलेसन र स्थानीय तहले तयार पारेको आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् ।
गत वैशाख ५ गते पहिलोपटक कोरोना सङ्क्रमण देखिएको चितवनमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने १९ पुगेको छ । मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिकाका ११, खैरहनीका दुई, रत्ननगरका तीन, राप्तीका दुई र कालिका नगरपालिकाका एक गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया