सङ्क्रमित निको नहुँदै कार्यालय सञ्चालन

अन‌ि यो पनि

हेटौँडा । हेटौँडा–४ मा रहेको कर्मचारी सञ्चय कोषमा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टिपछि सबै सङ्क्रमित निको नहुँदै कार्यालय सञ्चालनमा ल्याइएको छ ।

असोज २ गते कार्यालयमा एक जनालाई कोरोना पोजेटिभ देखिएपछि अन्य ६ जनालाई पनि ३ गते पोजेटिभ आएको थियो । ६ जनालाई कोरोना पोजेटिभ भएपछि असोज ३ गते नै कार्यालय सिल गरेर सङ्क्रमित होम आइसोलेसनमा बसेका थिए । जसमध्ये अझै चार जनालाई कोरोना निको भएको छैन तर सोमबारबाट कार्यालय खुलिसकेको छ ।

कार्यालय प्रमुख सागरकुमार सिंहका १४ वर्षका छोरासहित अन्य करारका ३ जना कर्मचारीको कोरोनाको रिपोर्ट नआउँदै कार्यालय खुलाएर काम गरेपछि स्थानीय त्रसित बनेका छन् । कार्यालयका सूचना अधिकारी दीपकमणि रिसालले कोरोना सङ्क्रमित कर्मचारीहरुलाई छुट्टै व्यवस्थापन गरेर आइसोलेट गरी कार्यालय सञ्चालन गर्दा कुनै पनि किसिमको खतरा नरहेको बताए ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया