शनिबार जिल्लाका विभिन्न स्थानमा विद्युत काटिने

अन‌ि यो पनि

भरतपुर । असोज १७ गते शनिबार चितवनका विभिन्न स्थानहरुमा विद्युत काटिने भएको छ ।

भरतपुरस्थित बाइपास सडक खण्डको विद्युत संरचना सार्ने तथा व्यवस्थापनका लागि शनिबार १३२/३३/११ केभि भरतपुर बसेनी सबस्टेशनबाट सञ्चालित सबै फिडरहरु सटडाउन गर्न लागिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

३३ केभी पर्सा फिडर, ३३ केभी चनौली फिडर, भरतपुर १, औद्यागिक १ र हस्पिटल फिडर शनिबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र नारायणगढ, गैँडाकोट र औद्योगिक २ फिडर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले जानकारी दिए ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया