चितवनमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

अन‌ि यो पनि

चितवन । चितवनमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा सोमबार परीक्षण गरिएका २६८ नमुनामध्ये ४५ जनामा कोरोना पुष्टि भएको सिएमसीका माइक्रोबायोलोजी विभागका प्रमुख डा अनुप पौडेलले जानकारी दिए । संक्रमितमध्ये ५ जना चितवन बाहिरका रहेका छन् ।

कोरोना पृष्टि हुनेमा भरतपुर महानगर २ का ५८ वर्षीया एक महिला र तीन पुरुष, भरतपुर ३ का ४७ वर्षीय पुरुष, भरतपुर ४ का २ पुरुष, भरतपुर ५ का २ पुरुष, भरतपुर ७ का २ महिला, भरतपुर ९ का एक महिला र एक पुरुष रहेका छन् ।

यसैगरी, भरतपुर १० का ३ महिला ५ पुरुष, भरतपुर ११ का २ महिला १ पुरुष, भरतपुर १२ का ३ महिला २ पुरुष, भरतपुर १५ का २ पुरुष, भरतपुर २१ का एक पुरुष र भरतपुर २५ का एक पुरुष रहेका छन् ।

यसैगरी, रत्ननगर १० र १६ का एक एक पुरुष, खैरहनी २ र ९ का एक एक पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै, नवलपुरको गैँडाकोट २ र १० का एक एक पुरुष, देवचुली ११ का एक महिला र कावासोती ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य संक्रमितहरुमा काठमाडौँ, ललितपुर, धनुषा र बाराका एक एक पुरुष रहेका छन् ।

यसअघि भरतपुर कोभिड प्रयोगशालामा परीक्षण गराएका २३६ मध्ये १३ जनाका कोरोना पुष्टि भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...