चितवनमा थप १३ मा कोरोना संक्रमण

अन‌ि यो पनि

भरतपुर असोज १२ । चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन्।
भरतपुर ३, १, १५ र २५ का गरी एकजना पुरूषसहित चारजना, रत्ननगर १ का एकजना पुरूष, खैरहनी ६, ७ र १० का एकजना महिलासहित चारजना र कालिका नगरपालिकाको वडा नं. ५, ६ र ७ मा एक जना पुरूषसहित चारजना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो।
खैरहनी र कालिका नगरपालिकाका संक्रमितहरू क्वारेन्टाइनमा बसेकाहरु हुन् भने रत्ननगरका संक्रमित पुष्पाञ्जली अस्पताल र भरतपुर महानगरपालिकाका संक्रमित क्वारेन्टाइन, पुष्पाञ्जली अस्पताल र पुरानो मेडिकल कलेज अस्पतालमा उपचाररत हुन्।
प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया