खैरहनी नगरपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि

अन‌ि यो पनि

असोज १२ गते । चितवनको खैरहनी नगरपालिकाका एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । परिक्षणका लागि शुक्रबार स्वाब लिइएकोमा सोमबार उनमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भए पछि ती कर्मचारी होम आइसोलेसनमा बसेका छन् । आफुमा केही समस्या नरहेको उनले बताएका छन् । उनमा संक्रमण पुष्टि भए पछि मंगलबार भोलि एक दिन कार्यालय बन्द गरिने भएको छ ।

मंगलबार कार्यालय निर्मलिकरण गरिने र बुधबार देखि नियमित सेवा प्रवाह हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषाेतम शर्माले बताए । शुक्रबारनै स्वाब दिएका खैरहनी नगरपालिका मेयर लालमणि चौधरीको रिपोर्ट भने नेगेटिभ आएको छ । आफू चढ्ने सवारिको चालकमा रिपोर्ट पोजेटिभ देखिएपछी मेयर चौधरी होम क्वारेन्टाइनमा थिए । सोमबार उनको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिकृया

मुख्य समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

देउखुरी । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया