सवारी दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु

अन‌ि यो पनि

मकवानपुर, १२ असोज । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ४१६४ नंको ट्रकले हेटौँडाबाट बारातर्फ जाँदै गरेको ना३त ६९३१ नंको ट्र्याक्टरलाई हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजीकै आज दिउँसो ठक्कर दिँदा ट्र्याक्टर चालकको बाटोमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ बस्ने वर्ष २२ वर्षीय लालबहादुर यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्रक र त्यसका चालक धनुषाको मिथिला गाउँपालिका बस्ने गङ्गाराम महतोलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ । दुर्घटनामा परी घाइते भएका तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...