ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

परिवार नै लागूऔषध कारोबारमा !

by चितवन पोष्ट
२०७१ जेष्ठ ४, आईतवार ०२:४९ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । भरतपुर ४ बस्ने वर्ष ५३ की कृष्णा थापा र उनकी बुहारी वर्ष २३ की संगीता थापा हाल चितवन प्रहरी हिरासतमा छन् । लागूऔषधसहित पक्राउ परेपछि उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको हो ।
लागूऔषध कारोबारमै संलग्न कृष्णाको छोरा अर्थात् संगीताको श्रीमान् वर्ष २७ का रमेश थापा भने हाल भरतपुर कारागारमा छन् । रमेश कारागार परेको यो सहित तेस्रो पटक हो । यसअघि दुई पटक लागूऔषध सहित पक्राउ परी अदालतको आदेशमा उनी कारागार बसेका थिए । दुईदुई पटक एउटै मुद्दामा परेर निस्केका रमेश पुनः गत असार महिनामा लागूऔषधसहित पक्राउ परेका थिए ।
तेस्रो पटक एउटै प्रकृतिको मुद्दामा कारागार रहेका रमेश र उनको परिवार लागूऔषधमा पुरै संलग्न रहेको पाइएको छ । अघिल्लो महिना उनकी आमा र श्रीमतीको साथबाट पनि लागूऔषध बरामद भएपछि घटनाको पुष्टि भएको हो ।
लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न उनको उपनाम ‘बरण्डे’ भएको चितवन प्रहरीले जनाएको छ । रमेश र संगीताका २ वर्षको अवोध छोरा अहिले बाध्यताले आमासँगै हिरासतमा छन् ।
गत चैत्र ९ गते आमाले कारोबारका लागि आफ्नै डेरामा डाइजेपाम समेतका ९ सेट लागूऔषध लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । आमा कृष्णाको लागूऔषध कारोबारमा संलग्नताबारे अनुसन्धान जारी नै रहँदा केही दिनअघि रमेशकी श्रीमती संगीता लागूऔषध सहित पक्राउ परिन् ।
बुहारी संगीता थापाले कारागारभित्र नै डाइजेपाम समेतका ३ सेट लागूऔषध श्रीमान्लाई दिन लगेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । परिवारका महिला सदस्य पनि लागूऔषध कारोबारमा प्रत्यक्ष संलग्न भएको भेटिएपछि चितवन प्रहरी अहिले यस परिवारको गहन अनुसन्धानमा लागिरहेको छ ।
यस आर्थिक वर्ष सकिन अझै २ महिना बाँकी हुँदासम्म प्रहरीले लागूऔषध कारोबार सम्बन्धमा ४० वटा मुद्दा दर्ता गरिसकेको छ । जसमा ७७ जना आरोपितहरु रहेका छन् ।
चितवन प्रहरीले यस आर्थिक वर्षमा भारी मात्रामा लागूऔषध बरामद गरेको छ । लागूऔषध कारोबार समाजको लुकेको तर खतरनाक अपराध भएकाले यसलाई निर्मुल पार्न आफूहरु लागि परेको चितवन प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले बताउनुभयो ।
चितवन प्रहरीले हालसम्मको सबैभन्दा ठूलो परिणाममा गत भदौ २ गते भारी मात्रामा लागूऔषध सिमलतालबाट बरामद गरेको थियो । यस घटनामा संलग्नहरु कविलासका मनिराम गुरुङ, सुक्रे तामाङ र रामदिनेश गिरी नेपाली सेनाको श्री ३ नं.राजदल गण खैरेनीटार तनहुँमा कार्यरत रहेका नेपाली सेनाका जवानहरु हुन् । गिरी हालसम्म फरार छन् । बाँकी एक स्थानीय युवा सन्तबहादुर तामाङ हुन् ।
पक्राउ परेका मानिसहरुमध्ये मनिराम गुरुङ र सुक्रे तामाङलाई कारबाहीको लागि नेपाली सेनाको जिम्मा लगाइएको र सन्तबहादुर तामाङ चितवन जिल्ला अदालतको मिति २०७० कात्तिक १४ गतेको आदेशले पुर्पक्षको लागि भरतपुर कारागारमा थुनामा रहेको चितवन प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले पत्रिकाले बेरी टेपले बाँधेको अवस्थामा लागूऔषध डाइजेपाम ९०० एम्पुल, व्युप्रिनोर्फिन ११०० एम्पुल बरामद गरेको थियो ।

Related Posts

Chitwan Post

विद्यार्थीलाई स्वीटर वितरण

Chitwan Post

महिलालाई बाख्रापालन तालिम

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In