धादिङ अस्पतालको ओपिडी सेवा सुचारु

अन‌ि यो पनि

धादिङ, असोज १२ । धादिङ अस्पतालले ६ दिन अघि बन्द गरेको ओपिडी सेवा सोमबार देखि खुलाएको छ । अस्पतालको ओपिडी शाखामा कार्यरत एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालले असोज ७ गतेबाट ओपिडी शाखाको सेवाहरु बन्द गरेको थियो ।

कोरोना संक्रमित देखिएका स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ३५ जना अन्य स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि सोमबारदेखि अस्पतालका सेवाहरु संञ्चालन गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।

धादिङमा आइतबार २ बर्षिय एक वालकमा कोरोना संक्रमण देखिएको छ । धादिङको गल्छि गाउँपालिका वडा नं ७ का २ वर्षीय बालकमा कोरोना पुष्टि भएको गल्छी गाउँपालिका स्वास्थ्य शाखाका उप प्रमुख शिव पौडेलले बताए । जिल्लामा संक्रमितको संख्या ४ सय १३ पुगेको छ ।

धादिङको १३ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन । जसमा नीलकण्ठ नगरपालिकामा १ सय ८ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७१ जना, गल्छीछ गाउँपालिकामा ६७ जना र ज्वालामुखी गाउँपालिकामा ४४ जना रहेका छन् ।

यसैगरि धुनीबेसीमा २१ जना, थाक्रेमा २० जना, बेनिघाटरोराङमा १५ जना, सिद्धलेक र नेत्रावती डबजोङमा १३÷१३ जना, गजुरीमा ११ जना, गंगाजमुनामा १२ जना, खनियाबासमा ४ जना, रुविभ्यालीमा २ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ गरी ४ सय १३ जना रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताए । संक्रमितको संख्या पछिल्ला दिनमा घटुदै गएपनि जोखिम भने कायमै रहेको हेल्थ असिष्टेन्ट रिजाल बताउँछन् ।

जम्मा संक्रमित मध्ये २ सय ६९ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी १ सय ४४ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङमा कोरोना संक्रमणबाट अहिलेसम्म तिन जनाको मृत्यु भएको छ । यसैगरीे संक्रमितमध्ये निको हुनेको कुल संख्या २ सय ७० पुगेको छ । आईतबार थप ९ जनाको स्वाव परिक्षणको लागी पठाईएसँगै रिपोट आउन बाँकी ७० रहेको छ । हेल्थ असिस्टेन्ट रिजालका अनुसार धादिङमा हाल सक्रिय केशको सङ्ख्या १ सय ३१ जना रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट दुई घाइते, प्रतिकारमा बाघको मृत्यु

कास्की । कास्कीमा बाघको आक्रमणबाट शुक्रबार दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया