ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एमाले नेता कार्यकर्ताद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

by चितवन पोष्ट
२०७१ जेष्ठ ४, आईतवार ०२:४८ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

 कविलास । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य एवम् सभासद काशीनाथ अधिकारीले नजिकिँदै गरेको पार्टीको नवौँ महाधिवेशनमा जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सके उहाँको सपना पूरा हुने बताउनुभएको छ । नेता अधिकारीले मदनले ल्याएको जनताको बहुदलीय जनवाद नै नेपालको कम्युनिस्ट आन्दोलनको श्रेष्ठता भएको दावी समेत गर्नुभयो ।
नेकपा एमाले चितवनद्वारा कविलास–२ दासढुंगामा शनिबार सम्पन्न जननेता मदनकुमार भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको २१औँ स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा सो कुरा बताउनुभएको हो । सभामा बोल्दै नेता अधिकारीले मदन भण्डारीद्वारा प्रतिपादित जबजले कम्युनिष्ट आन्दोलनमा श्रेष्ठता हासिल गरिसकेकोले सम्पूर्ण कम्युनिस्ट सिद्धान्त बोकेकाहरू गोलबद्ध हुनुको विकल्प नरहेको बताउनुभयो ।
नेता अधिकारीले नेतालाई प्रधान नमानी विचारलाई प्रधान मानेर अघि बढे मदन र आश्रितप्रति श्रद्धाञ्जलि हुने बताउँदै मदन र आश्रितको दुर्घटनाको रहस्योद्घाटन गर्नुपर्ने बताउनुभयो । उहा“ले आसन्न नवौं राष्ट्रिय महाधिवेशनमा पनि मदन भण्डारीको विचारलाई अनुशरण गर्दै विचारलाई प्राथमिकतामा राखेर भण्डारीको सपना पूरा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले मदन भण्डारीको आदर्श सिद्धान्तलाई अनुशरण गरी अघि बढ्नु उहा“प्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । सो अवसरमा चितवन क्षेत्र नं. ३ का सभासद् कृष्णभक्त पोखरेलले मदन–आश्रितको हत्यारालाई कारबाही गर्न नसकिएको भन्दै मदन र आश्रितले प्रतिपादन गरेको विचारलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नवलपरासीका अध्यक्ष तिलक महतलगायतले बोल्नुभएको थियो ।
त्यसअघि एमाले कार्यकर्ताहरुले एमाले जिल्ला कार्यालय भरतपुरबाट मोटरसाइकल ¥याली गरी कविलासको दासढुंगा पुगेका थिए । नेता तथा कार्यकर्ताहरूले दुर्घटना स्थल दासढुङ्गामा रहेकोे मदन–आश्रितको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
विसं २०५० जेठ ३ गते कास्कीको तेस्रो अधिवेशन सकेर चितवनमा हुने कार्यक्रममा सहभागी हुन आउँदै गर्दा तत्कालीन एमाले महासचिव मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको रहस्यमय ढङ्गले दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने
अर्थ

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने

चितवन । चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, मोटर खेल विकास र...

Read more
सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

आलमलाई छुटाउन प्रयासरत छुः सभापति देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In