कालिका मन्दिरको अध्यक्षमा काशीनाथ

अन‌ि यो पनि

ज्योतिनगर । भरतपुर महानगरपालिका २६ ज्योतिनगरमा रहेको कालिका मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा काशीनाथ घिमिरे चयन भएका छन् । मन्दिर परिसर ज्योतिनगरमा आइतबार सम्पन्न पन्ध्रौँ अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेका हुन् ।

समितिको उपाध्यक्षमा देवकी अधिकारी, सचिवमा सुनबहादुर गुरूङ, सहसचिव भद्रकृष्ण मिश्र, कोषाध्यक्ष लोकनाथ रेग्मी र अन्य सदस्यहरुमा शिवभक्त पण्डित, कृष्णकान्त सापकोटा, ईश्वरीराज अधिकारी, नवदत्त अधिकारी, हितमान गुरूङ, रामचन्द्र अधिकारी, जानकी अधिकारी, दिनेश अधिकारी, दिलकुमार चापागाईं, शरणबहादुर गरी १५ सदस्यीय नयाँ कार्य समितिको चयन भएका छन् ।

मन्दिरका संस्थापक सदस्य महेश्वर घिमिरे प्रमुख अतिथि रहेको कार्यक्रममा समाजसेवी पृथ्वीमान गुरूङ, मन्दिरका सहयोगदाता चन्द्रविलास अधिकारी, भरतपुर महानगर कार्यपालिका सदस्य गीताकुमारी शर्मा पौडेल, साविक दिव्यनगर गाविसका अध्यक्ष बुद्धिबहादुर गुरूङ, मन्दिरका पूर्वअध्यक्ष दलबहादुर गुरूङ, लीलाधर पौडेल, गीता गुरूङ, सीता दर्जी, ऋषिराम घिमिरे, भरतकान्त अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए । मन्दिरका कार्यवाहक अध्यक्ष देवकी अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पश्चिम चितवनको धार्मिक र ऐतिहासिक धरोहरको रूपमा स्थापित भइसकेको कालिका मन्दिरको ५०० बढी साधारण सदस्य रहेका छन् । विसं २०२७ सालमा स्थापना भएको मन्दिर ८ कठ्ठा क्षेत्रफलमा रहेको छ । मन्दिरमा परिसरमा १०८ शिवलिङ्गसहित विभिन्न देवीदेवताका मन्दिर रहेका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया