हात्तीले भत्काएको घर बनाए युवाले

अन‌ि यो पनि

राप्ती । खरले छाएको झुप्रो घरमा अमरबहादुर चेपाङको परिवार बस्थ्यो । गत साउन १७ गते जंगली हात्तीले आक्रमण गर्दा उक्त घर भत्कियो । भएको खरको झुप्रो पनि भत्किएपछि अमरबहादुरको परिवार बिचल्लीमा प¥यो । उनी राप्ती–१ नयाँबस्तीका बासिन्दा हुन् ।

गाउँकै सीमान्तकृत चेपाङ समुदायको घर हात्तीले भत्काएको थाहा पाएपछि स्थानीय युवाहरु एकजुट भए । उनीहरुको सक्रियतामा घर बन्यो । हात्तीले घर भत्काएपछि दुःखी बनेका अमरबहादुरको परिवारमा २ महिना पनि नपुग्दै ती युवाहरुले खुसी फर्काइदिए । खुसीको कारण हो, अमरबहादुर नयाँ घरमा बस्न पाउने भए । जुन घर युवाहरुको सक्रियतामा बनाइएको हो ।

‘खरले छाएको घर थियो, त्यो पनि हात्तीले भत्काएपछि केही दिन आफन्तमा शरण परियो’ अमरबहादुरले भने, ‘गाउँघरकै युवाहरुको सक्रियतामा नयाँ घर पाउँदा अति नै खुसी भएको छु ।’ जेनतेन गुजारा चलाउँदै आएका उनको परिवार नयाँ घर पाएपछि खुसी छ ।
‘एउटा दुःखी गरिब चेपाङ परिवारलाई परेको विपत्तिमा मलम लगाउने काम गरेकोमा युवाहरुलाई धन्यवाद छ‘, घर हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद्कृष्ण खनालले भने,‘युवाहरुले समाजमा आफ्नो भूमिका प्रभावकारी बनाउन सके समृद्धिको यात्रा थप सहज हुनेथियो ।’

राप्ती नगरपालिकाका उपप्रमुख इमानसिह लामाले आफूले आफ्नो मासिक तलबबाट सामाजिक सेवामा खर्च गर्ने क्रममा समस्यामा परेका चेपाङको घर बनाउन लागिपरेको बताए । अहिलेसम्म उनले ५ वटा घर बनाइसकिएको जानकारी दिए । ‘हुनेले नहुनेलाई सहयोग गर्ने हो’, उपमेयर लामाले भने, ‘प्रचारभन्दा काममा ध्यान दिऔँ ।’

२ लाख ५० हजार रूपैयाँलागतमा चेपाङको घर निर्माण गरिएको हो । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले एक लाख साठी हजार रूपैयाँ तथा विदेश तथा स्वदेशमा रहेका नेपालीहरुको सहयोगमा घर निर्माण भएको हो ।

टिम नयाँबस्तीका अध्यक्ष नीरज खनालले भने,‘दुःख पाएको व्यक्तिका लागि बस्ने ठाउँ निर्माण गर्न पाउँदा गर्व महसुस भएको छ ।’ टिम नयाँबस्तीका समूहले भने करिब एक महिना श्रमदान गरेको अध्यक्ष खनालले बताए ।

घर हस्तान्तरण

टिम नयाँबस्तीको पहलमा तयार भएको घर केही दिनअघि हस्तान्तरण गरियो । राप्ती नगरपालिका वडा नं–१, नयाँबस्तीमा जंगली हात्तीले भत्काएको अमरबहादुर चेपाङको घर आइतबार एक कार्यक्रमको आयोजना गर्दै हस्तान्तरण गरिएको हो । बागमती प्रदेश सांसद् कृष्ण खनालको प्रमुख आतिथ्यतामा घर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा राप्ती इन्चार्ज मानबहादुर स्याङ्बोले जंगली जनावरको आक्रमणका कारण स्थानीयले दिनदिनै दुःख भोग्नु परेको गुनासो गरे । राप्ती नगरपालिका वडा नं–४ का वडा अध्यक्ष शमशेर लामाले युवाले यस किसिमको काममा देखाएको चासोको खुलेर प्रशंसा गरे ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया