सौराहा । पशु अधिकारको बेवास्था गरी सौराहामा भुस्याहा र घरपालुवा कुकुर मारेको भन्दै पशु अधिकारकर्मी संस्थाले विरोध गरेको छ । सौराहाका विभिन्न संस्थाहरुको सक्रियतामा बिहीबार र शुक्रबार झण्डै ४० वटा कुकुर मारेका थिए ।
एनिमल राइट्स क्लब रत्ननगरले त्यसको विरोध गरेको छ । संस्थाका अध्यक्ष सुराजन श्रेष्ठले पशुअधिकारको ख्याल नै नगरी कुकुर मार्नु निन्दनीय रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय पशुअधिकारकर्मीहरुसँग मिलेर कुकुर मार्नुको कारण र प्रयोग गरिएको विषको बारेमा अनुसन्धान थालिएको बताउनुभयो । स्थानीय रुकमणि सुवेदीले लामो समयदेखि घरमा पालेको कुकुर थाहा नै नदिई मारेको भन्दै आक्रोस पोख्नुभयो ।
Discussion about this post