लक्ष्मी चौधरी नेकपामा प्रवेश

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ४ की लक्ष्मीकुमारी चौधरी नेकपामा प्रवेश गरेकी छन् ।

दुई दशकदेखि नेपाली काँग्रेसमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील चौधरी स्थानीय तहको निर्वाचनमा उपमेयरमा उठ्न इच्छा गरेकी थिइन् । काँग्रेसले टिकट नदिएको झोँकमा कांग्रेस उपमेयरकै बागीमा स्वतन्त्र उम्मेदवार बनेकी थिइन् ।

नेपाली काँग्रेस वडा सभापति, क्षेत्रीय समिति सदस्य हुँदै जिल्ला सदस्यसमेत बनेकी चौधरीले स्थानीय तहको निर्वाचनका बेला औपचारिक रुपमा काँग्रेस छाडेकी थिइन् ।

नेकपा रत्ननगर नगर कमिटीले सौराहामा आइतबार आयोजना गरेको कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य, पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डे, नेकपाका जिल्ला इन्चार्ज, कृष्णप्रसाद खनालले चौधरीलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

नगर कमिटी अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम सचिव ओम लामिछानेले सञ्चालन गरेका थिए ।

 

 

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया