भरतपुर । नेपाल तरूण दल चितवनका सचिव आनन्दराज राउतले शनिबार विज्ञप्ति प्रकाशित गरी जिल्ला प्रहरी कार्यालयका एसपी प्रद्युम्न कार्कीको व्यक्तिगत मह¤वाकांक्षाले आफ्ना होनाहार साथीहरु प्रमिश राई, युगकुमार गुरुङ, विश्वासजङ्ग रायमाझीलगायतका साथीहरु पक्राउ गरिएको आरोप लगाउनुभएको छ । उहाँले संगठनका साथीहरुलाई अबिलम्ब रिहाइको माग गर्नुभएको छ । उहाँले आफ्नो धैर्यता र मौनतालाई कमजोरीको रुपमा नबुझ्न आग्रहसमेत गर्नुभएको छ । प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने ल्यागत र तागत हुँदा हुँदै राजनीतिक संस्कार र संस्कृतिले धैर्य बनाएको भन्दै आफ्ना कार्यकर्ताहरुलाई ससम्मान रिहा गर्न जोडदार अपिल गर्नुभएको छ ।
यसैगरी, नेपाल दलित संघ चितवनकी सभापति शान्ति परियारले पनि विज्ञप्ति जारी गर्दै तरुण दल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राई, सदस्य युगकुमार गुरुङलगायत कांग्रेस निकट युवा साथीहरुलाई बिना कसुर पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अबिलम्ब निसर्त रिहाइको माग गर्नुभएको छ ।
Discussion about this post