भरतपुर÷भीमसेन हाइस्कुल एल्मुनाई एसोसिएसन (भिसान) नवलपरासीले एक कार्यक्रमका बीच विपन्न तथा जेहनदार छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
कार्यक्रममा छात्रवृत्ति स्वरुप आर्थिक सहित स्टेसनरी वितरण गरिएको हिसानका शोभाखर अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा लायन्स क्लब अफ चितवन युथ र भिसानको संस्थागत सहकार्य र भिसानकी अजीवन सदस्य सीता गुरुङको व्यक्तिगत सहयोग रहेको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ चितवन युथका प्रथम उपाध्यक्ष भीम सुवेदी, भिसानका अध्यक्ष शोभाखर अधिकारी, भीमसेन उच्च माविका सहप्राचार्य खेमराज सापकोटा लगायतले बोल्नुभएको थियो ।
Discussion about this post