भरतपुर । भरतपुर क्यान्सर अस्पतालमा एक वर्षको अवधिमा झन्डै डेढ लाखले ओपिडी सेवा लिएका छन् । अस्पतालले १६ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा २१ औँ वार्षिकोत्सवको अवसरमा एक वर्षको अवधिमा एक लाख ४५ हजार ७७६ जनाले ओपिडी सेवा लिएका जानकारी गराएको छ । जसमा ३२ हजार ८३१ जना नयाँ सेवाग्राही हुन् । चार हजार ८९४ जना नयाँ क्यान्सरका बिरामीले पनि सेवा लिएका छन् ।
अस्पतालमा मेडिसिनतर्फ ३५ हजार २०७, रेडियोथेरापीतर्फ २३ हजार १३, नाक कान घाँटीतर्फ १४ हजार ९३२ जनाले सेवा लिएका छन् । एक वर्षको अवधिमा ७ हजार ९०८ बिरामी भर्ना भएका छन् भने तीन हजार ९३९ जनाको अप्रेसन भएको छ ।
२० करोड १९ लाख रक्त क्यान्सरका बिरामीलाई सहयोग भएको छ । विपन्नको सेवामा १६ करोड खर्च भएको छ ।