विस्तार गर्दै अस्किना केवल

अन‌ि यो पनि

भरतपुर । चितवन, नवलपरासी र मकवानपुरमा सेवा दिँदै आएको अस्किना केवलले सेवा विस्तार गरेर १० जिल्लामा पु¥याउने भएको छ । सोही कम्पनीले यी तीन जिल्लामा इन्टरनेट र सिम टिभी वितरण गर्दै आएको छ ।
अस्किना केवल नेट प्रालिका प्रबन्ध निर्देशक दीपक अधिकारीका अनुसार तनहुँको दमौली, कास्कीको पोखरा, लमजुङको बेँसीशहर, गोरखाको गोरखा बजारमा सेवा विस्तार गर्न लागिएको हो । यसैगरी, रुपन्देही, कपिलवस्तु, सिराहा र सुनसरीका मुख्य शहरमा इन्टरनेट सेवा विस्तार गर्न लागिएको उनले जानकारी दिए ।
कम्पनीका अध्यक्ष मिलन गुरूङले स्थापनाको दुई वर्षको अवधिमा तीन जिल्लाका ग्राहकको सन्तुष्टिसँगै सेवा विस्तार गर्न लागिएको बताए । एक वर्षभित्रमा सेवा विस्तार सक्ने गरी काम भइरहेको उनको भनाइ थियो । उनका अनुसार सिम टिभीका ग्राहक २७ हजार छन् ।
जिल्ला विस्तारसँगै टेलिभिजनका ग्राहक ५० हजार र इन्टरनेटका ग्राहक ३० हजार कटाउने लक्ष्य रहेको गुरूङले बताए । सो कम्पनीले अन्तर्राष्ट्रिय प्रतिष्ठित कम्पनी हुवाहेको उच्चस्तरको उपकरण प्रयोग गरेको दाबी गरेको छ । रासस

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया