गुञ्जनगर । सरकारले चितवनमा थप गरेको दुई वटा नगरपालिकामध्ये पश्चिम चितवनको चित्रवन नगरपालिकाले शुक्रबारदेखि आफ्नो काम थालेको छ । साविक गुञ्जनगर गाविसको वार्ड नम्बर ३ तीनमा रहेको कृषि सेवा केन्द्रले उपलब्ध गराएको कोठामा कार्यालय स्थापना गरी नगरपालिकाको काम सुरु गरिएको छ ।
शारदानगर गाविसका पूर्व अध्यक्ष आसबहादुर लामा र नगरपालिकाका कार्यकारी अधिकृत रामकाजी श्रेष्ठले संयुक्त रुपमा कार्यालयको उदघाटन गर्नुभएको हो । शुक्रबारदेखि गाविसको काम रोकी नगरपालिकाको माध्यमबाट काम सुरु गरेको कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो ।
गत बैशाख २८ गते नेपाल सरकारले ७२ वटा नगरपालिका थप गर्नेक्रममा चितवनमा पूर्वी चितवनको खैरहनी र पश्चिम चितवनमा चित्रवन नगरपालिका घोषणा गरेको थियो ।
Discussion about this post