हिरासतमा आत्महत्याको प्रयास गर्ने वाईवाको मृत्यु

अन‌ि यो पनि

हेटौंडा, असोज ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आत्महत्याको प्रयास गर्ने एक अभियुक्तको उपचारको क्रममा ज्यान गएको छ । मकवानपुरको बकैया गाउँपालिका–६, गडुवानमा भदौ १४ गतेदेखि हराएका एक बालकको हत्याको अभियोग लागेका बकैया–६ गडुवानका २९ वर्षीय सुवास वाईबाको मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार प्रहरी हिरासतमै रहेका बेला शौचालयमा आत्महत्या प्रयास गरिएका वाईबाको उपचारको क्रममा गत शुक्रबार भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएता पनि प्रहरीले सुचना लुकाएको कारण भर्खरै घटना बाहिरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार हत्या आशंका गरिएका बालकको शव भदौ १९ गते गडुवान खोला नजिकैको झाडीमा बरामद भएपछि प्रहरीले अनुसन्धानका क्रममा वाईबा र मृतक बालकका फुपुका छोरा २७ वर्षीय मंगलसिंह वाईबालाई भदौ २२ गते पक्राउ गरेको थियो ।

पक्राउपछि अनुसन्धानको क्रममा सुवास वाईबाले हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ । भदौ २३ गते हिरासत कक्षभित्रै शौचालयमा आत्महत्या प्रयास गरेका वाईबालाई उपचारका लागि भरतपुर लगिएको थियो ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...