ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दासढुङ्गा ः घटना कि दुर्घटना ?

by चितवन पोष्ट
२०७१ जेष्ठ ३, शनिबार ०१:२० गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

एमालेका दुई अत्यन्तै लोकप्रिय नेताहरूको निधन भएको पनि अहिले २१ वर्ष भैसकेको छ, तर अझै पनि त्यस कहालीलाग्दो दुर्घटनालाई लिएर रहस्यबाट भने अझै पर्दा उठ्न सकेको छैन । खासमा त्यो घटनाप्रतिको आधिकारिक धारणा बाहिर आउन नसकिरहेको हालको अवस्थामा त्यस दुर्घटना सधै“का लागि रहस्य त बन्ने हैन ? भन्ने प्रश्न भने यथावत् नै छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० साल आजकै दिनमा चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी मृत्यु भएको दुई दशकभन्दा बढी भए पनि त्यो घटना खासमा हत्या थियो कि दुर्घटना ? भन्ने विषय केवल ती नेताहरूको स्मृति दिवसका अवसरमा उठाइने मुद्दाभन्दा बढी हुन सकेको छैन ।
एमाले नेताद्वयको स्मृति दिवसका औपचारिक कार्यक्रमहरू पूर्ववत्झै“ आज पनि घोषणा गरिएका छन्, यद्यपि आफ्ना लोकप्रिय नेताहरूको जिप दुर्घटनाको घटनालाई लिएर एमाले अहिलेसम्म स्पष्ट हुन सकेको छैन । एमालेभित्रकै प्रभावशाली नेताहरूको यस काण्डमा ठूलो हात रहेको भनी बाहिर आएको प्रचारलाई लिएर समेत आजसम्म ऊ प्रस्ट हुन नसक्नाले यो घटना थप रहस्यात्मक हु“दै गैरहेको पनि हो । त्यस्तै, कतिपयले भन्ने गरेअनुसार नेपाली काङ्ग्रेस तथा विदेशी तŒवको समेत यो घटनामा हात रहेको भन्ने प्रसङ्ग अझै सेलाएको छैन । यस घटनापछि एमाले पटकपटक सत्तामा पुगिसकेको छ, तर उसले आफ्ना नेताहरूको मरणबारे खोज तथा अनुसन्धानलाई अघि बढाउन निकै कन्जुस्याइ“ गरेबाट समस्या त्यही पार्टीभित्रैको त होइन ? भनेर शङ्का गर्ने आधार बलियो हु“दैछ ।
मदन भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनका असाध्यै लोकप्रिय राजनेता हुन् । भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनलाई नया“ दिशा दिने सन्दर्भमा अग्रस्थानमा समेत रहे । उनले कम्युनिस्टहरू पनि लोकतान्त्रिक हुन सक्छन् र बहुदलीय प्रतिस्पर्धामार्फत अगाडि आउन सक्छन् भनेर नै ‘बहुदलीय जनवाद’ को सैद्धान्तिक अवधारणा प्रतिपादन गरे, जसले दशकौ“देखि नेपाली राजनीतिको मूलधारलाई नै प्रभाव पारेको देखिन्छ । यसले पछि नेपालमा कम्युनिस्ट शक्तिलाई नै ठूलो मात्रामा स्थापित गर्न निकै महŒवपूर्ण भूमिकासमेत निभायो । भण्डारीको ‘बहुदलीय जनवाद’ वर्तमान सङ्क्रमणकालीन स्थितिमा अहिले झन् सान्दर्भिक हुन गएको देखिन्छ । अरू नेताहरूको तुलनामा भण्डारी कम विवादमा आएका नेता पनि हुनाले र भूमिगत जीवनबाट बाहिर आएको छोटो समयमा नै जननेताको हैसियत प्राप्त गर्नाले आफ्नै दल तथा अरू दलका नेताहरू उनीस“ग चिढिनु अस्वाभाविक पनि थिएन । सायद, यस्ता धेरै कारणहरूले गर्दा नै उनको हत्या गरिएको हो कि भन्ने आधार जनमानसमा भने अहिले पनि जीवितै
छ । जबसम्म दासढुङ्गा दुर्घटनाबाट पर्दा उठ्नेछैन, तबसम्म यो घटना सदैव रहस्यको केन्द्रमै रहिरहने छ ।

Related Posts

Chitwan Post

सुरक्षित भ्रमणको अपेक्षा

नियमित योग गर्न सरोकारवालाको जोड

योग गरौँ, स्वस्थ रहौँ

Chitwan Post

परराष्ट्रमन्त्रीको भारत भ्रमण 

Discussion about this post

अन‌ि यो पनि

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग
समाज

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

धादिङ । धादिङको धुनिबेँसीमा स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले ५० लाख मूल्य बराबरको विभिन्न उपकरणहरु प्रदान गरेको...

Read more
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In