कालिका र नवीनले सार्वजनिक गर्‍यो ‘रे जेडआर एफआइ स्कुटर’, यस्ता छन् विषेशताहरु

अन‌ि यो पनि

चितवन, असोज ८ । । नारायणगढको नवीन अटो सेन्टर र खैरहनीमा रहेको कालिका मोटरसाइकल पार्टस्ले यामाहाको नयाँ स्कुटर रे जेडआर एफआइ बिहीवार सार्वजनिक गरेका छन् ।

नारायणगढमा यामाहाको आधिकारिक बिक्रेता नवीन अटो सेन्टर र पूर्बी चितवनका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्टसले सो स्कुटर सार्वजनिक गरेका हुन् ।

नवीन अटो सेन्टरमा सो स्कुटरको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र नाडाका पुर्व उपाध्यक्ष शिवराज गिरी र कालिकामा खैरहनी माध्यमिक विद्यालयमा स्थापना गरिएको जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षय कोषका संयोजक एवं समाजसेवी मुरलीप्रसाद गजुरेल र मोटरसाइकल पार्टसका प्रबन्ध निर्देशक उत्तम अधिकारीले स्कुटरको अनावरण गरेका छन् । नेपालमै पहिलो पटक यो स्कुटर बजारमा ल्याइएको पार्टसका प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

अल न्यू यामाहा रे जेडआर १ सय २५ एफआइ इन्जिनसहितको नयाँ रे जेडआर स्ट्रिट ¥याली स्कुटर हो । सो स्कुटरको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ । स्कुटरमा ३० प्रतिशत धेरै पावर, १६ प्रतिशत सुधारिएको माइलेज, इन–बिल्ट साइड स्ट्यान्ड इन्जिन कटअफ स्विचजस्ता विशेषता रहेको नवीन अटो सेन्टरका सेल्स म्यानेजर राजु स्वर्णकारले जानकारी दिए ।

यस्तै वाई सेपको लेड पोजिस्निगं लाईट, नयाँ डिजिटल इन्स्टुमेन्ट क्लस्टर, स्टप र स्टर्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाजरहीत सुरुवातको लागि, साईड स्टान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ्ग फिचर उपलब्ध रहेको मोटरसाइकल पार्टसका सेल्स म्यानेजर सुदिप लामिछानेले बताए ।

स्कुटर ९९ केजीको हलुका रहेको छ, भने बुट स्पेस २१ लिटरको रहेको छ । जसले स्कुटरमा धेरै सामान राख्न मिल्ने छ । नवीन अटो सेन्टर र कालिका मोटरसाइकल पार्टस्को फेसबुक लाइभ मार्फत गरिएको सार्वजनिक गरिएको थियो ।

प्रतिकृया

मुख्य समाचार

विराट मेडिकल ट्रष्टले दियो स्थानीय तहलाई स्वास्थ्य सामग्री

–कुलप्रसाद काफ्ले भरतपुर । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि विराट नेपाल मेडिकल ट्रष्टले चितवनका स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया