चितवनमा १५५६ सङ्क्रमित, ७०८ जना निको

अन‌ि यो पनि

भरतपुर । चितवन जिल्लामा झन्डै आधा कोरोना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय चितवनले हालसम्म जिल्लामा १५ सय ५६ जना सङ्क्रमित पुगेको जानकारी दिएको छ । जसमा ६३१ महिला छन् ।
कार्यालयले जारी गरेको तथ्याङ्कअनुसार हालसम्म ७०८ जना निको भएर घर फर्केका छन् । भरतपुर महानगरपालिकामा मात्र हालसम्म एक हजार ११ जना कोरोना सङ्क्रमित भएका छन् । जसमा ४०८ जना निको भएका छन् ।
सबैभन्दा बढी निको माडी नगरपालिकामा भएका छन् । माडीमा ५५ जना सङ्क्रमित रहेकोमा ४९ जना निको भएका छन् । खैरहनीमा १०८ जना सङ्क्रमितमध्ये ३४ जना निको, रत्ननगरमा १८८ सङ्क्रमितमध्ये १०१ जना निको, राप्तीमा १२५ सङ्क्रमितमध्ये ८५ जना निको, कालिकामा ५७ जना सङ्क्रमितमध्ये २४ जना निको, इच्छाकामनामा १२ जना सङ्क्रमितमध्ये सात जना निको भएका छन् ।
चितवनमा हालसम्म १८ जनाको मृत्यु भएको छ ।

प्रतिकृया

मुख्य समाचार

परीक्षण कम हुँदा सङ्क्रमितको संख्या घट्दो, १२८ सङ्क्रमित थपिए, ९३ सङ्क्रमणमुक्त

भरतपुर । चितवनमा पछिल्लो हप्ता कोरोनाको परीक्षण कम भएको देखिन्छ । जेठ ३१ गते ७५० जनाको परीक्षण भएकोमा त्यसपछि...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया