बागमती सरकारले तीन अर्ब सहुलियत ऋण दिने

अन‌ि यो पनि

हेटौँडा । बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शीरुपमा सञ्चालन गर्न कार्यविधिसमेत पास गरेको छ ।
कार्यविधिअनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिकरुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण ३ अर्ब ऋण लगानी गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए । कृषि विकास बैंकमार्फत हुने लगानीले देशमा रोजगार र व्यवसाय बढ्ने सरकारले अपेक्षा गरेको छ । लगानीपश्चात् सरकारले बेरोजगार युवा जनशक्तिहरुलाई रोजगारमा आबद्ध गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, उत्पादनशील कार्यक्रमका लागि लगानी प्रवद्र्धन गर्ने, कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनर्उत्थान गरिने मन्त्री ढुङ्गेलले जानकारी दिए ।
सहुलियतपूर्ण व्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागि सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुने गरी निर्देशक समिति रहने छ । यसैगरी, ऋण लगानी प्रक्रिया सहजीकरण तथा समन्वय गर्नका लागि सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहने गरी समिति बनाइएको छ । प्रदेशले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहोरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने भएको छ ।
यसैगरी, बुधबार नै बसेको बैठकले प्रहरी इकाइ भवन निर्माणार्थ बजेट निकासा गर्न स्वीकृत गर्ने, प्रदेश विश्वविद्यालयको भौतिक पूर्वाधार, विधेयक, संगठनात्मक संरचना तथा पाठ्यक्रमको आधारभूत संरचनासमेतका लागि सिफारिस गर्न कार्यदल गठन गरी काम, कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री ढुङ्गेलले जानकारी दिए ।

 

 

 

प्रतिकृया

मुख्य समाचार

कोरोनाले छुटायो ‘घरदैलो विद्यार्थी भर्ना कार्यक्रम’

–किशोर खनाल भरतपुर । शिक्षा मन्त्रालयको निर्देशनअनुसार चितवनमा असार १ गतेदेखि स्कुल (नर्सरीदेखि नौसम्म) भर्नाको अभियान चलिरहेको छ । कोरोना...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया